Comments Add Comment

गोदामचौर बलात्कार घटनाको उच्च अदालतमा सुनुवाई हुँदै

२० साउन, काठमाडौं । ललितपुरको गोदामचौरमा भएको सामूहिक बलात्कारसम्बन्धी मुद्दामा  सोमबार पाटन उच्च अदालतमा सुनुवाई हुँदैछ ।

दुई वर्ष पहिले ललितपुरको गोदामचौरमा भएको सामूहिक बलात्कारसम्बन्धी मुद्दा उच्च अदालतका न्यायाधीशद्वय रमेशबहादुर थापा र टेकबहादुर कुँवरको संयुक्त इजलाशमा सुनुवाई हुन लागेको  हो ।

जिल्ला अदालत ललितपुरले २०७५ फागुन १७ गते अभियुक्तहरु रघु सिलवाल, पवन कुँवर र विशालध्वज कार्कीलाई सामूहिक बलात्कारमा १० वर्ष, ज्यान मार्ने उद्योगमा १० वर्ष र चोरीमा ६० दिन जेल सजाय तथा जरिवाना गर्ने फैसला गरेको थियो ।

जिल्ला अदालतको फैसलाविरुद्ध उनीहरूले थुनाबाटै उच्च अदालतमा पुनरावेदन गरेका हुन् । नेपाल सरकारविरुद्धको मुद्दामा उच्च अदालतले साउन १३ गते विपक्षी झिकाउने आदेश दिएको थियो । त्यसको एक हप्तामै अदालतले मुद्दाको पेसी चढाएको हो ।

के हो गोदामचौर घट्ना ?

२०७४ मंसिर २ गते माइतबाट घर फर्कदै गर्दा अपराधीहरूको दुश्कर्ममा परेकी गोदामचौर ‘क’ (पीडितको परिवर्तित नाम) मंसिर ३ गते विहान बेहोस अवस्थामा फेला परेकी थिइन् । सामूहिक आक्रमणमा परेकी उनको टाउको भरी ढुँगा प्रहार गरिएको चोट थियो । उनको साथमा भएको नगद र गरगहना सबै आक्रमणकारीले लुटेका थिए ।

उनको हात टुक्रा टुक्रा परेको थियो । सघन उपचार कक्षमा एक हप्ता उपचार गरेपछि मात्रै उनको होस खुलेको थियो ।

एक महिनापछि मात्रै दोहोरो संवाद गर्न सक्ने भएकी गोदामचौर ‘क’को टाउको, आँखा, कान र हात अझै पूर्ण रुपमा निको भइसकेको छैन । दुई वर्षपछि फेरी अपरेसन गर्नुपर्ने उपचारमा संलग्न चिकित्सकले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment