Comments Add Comment

काठमाडौंमा देखाइयो गोरखाली गाईजात्रा

३१ साउन, काठमाडौं । काठमाडौंमा बसोबास गर्ने गोरखाका बासिन्दाले शुक्रबार आफ्नै शैलीमा गाईजात्रा पर्व मनाए । काठमाडौंको वनस्थलीबाट सुरु भएको गाईजात्रामा घोडा नाच, गाईनाच, लाखेनाच, टाक्टुके नाच प्रदर्शन गरिएको थियो ।

परम्परागत नेवारी पोशाकमा सजिएका उनीहरुले विभिन्न हाउभाउ देखाएर मनोरञ्जन गराएका थिए ।

नेवार समुदायमा गाईजात्रा दिवंगत आफन्तको सम्झनामा देखाउने गरिन्छ । उक्त गाईजात्रा वनस्थली, बोहराटार, रानीवन, राधाकृष्ण मन्दिर,  ढुङ्गेधारा,  नयाँबजार हुँदै पुन वनस्थलीमा आएर सकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment