Comments Add Comment

नक्कली एयरहोस्टेजको ठगी धन्दाः पैसा नदिए आत्महत्या गर्ने धम्की

८ भदौ, काठमाडौं । प्रहरीले एयरहोस्टेज भएको बताएर ठगीमा संलग्न रहेको आरोपमा एक जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको अर्जुनधारा–६ की २७ वर्षीया तविता राई छिन् ।

इलाका प्रहरी कार्यालय, बिर्तामोडले दुई युवकको उजुरीका आधारमा उनलाई पक्राउ गरेको हो । बिर्तामोडका डीएसपी मोहनकुमार थापा भन्छन्, ‘उनले गुरास र गरिमा श्रेष्ठको नक्कली फेसबुक आईडी बनाएर पुरूषलाई माया जालमा पार्दै ठगी गर्ने गरेको भेटिएको छ ।’

थापाका अनुसार, उनले आफू जेट एयरलाइन्समा कार्यरत्  भएको बताउने गरेकी थिइन् भने बुबा अमेरिका बस्ने र आमा डाक्टर भएको बताउँदै घराना परिवारको सदस्यका रुपमा चिनाउने गरेकी थिइन् ।

तर, मोबाइल र म्यासेन्जरको निरन्तरको कुराकानीपछि उनले आफूलाई आकस्मिक समस्या देखाएर पुरुषसँग रकम माग्ने गरेको अनुसन्धानका क्रममा खुलेको छ ।

डीएसपी थापाका अनुसार, राईले इन्स्टाग्रामबाट एक एयर होस्टेजको फोटो निकालेर नक्कली फेसबुक प्रोफाइल बनाएको भेटिएको छ । उनीविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को ठगी कसूर अन्तरगत कानूनी कारबाही हुने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment