+
+
Shares

यामाहा महा-एक्सेञ्ज मेला राष्ट्रिय सभागृहमा

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १४ गते १६:३२

१४ भदौ, काठमाडौं । यामाहाले काठमाडौंमा ‘यामाहा महा-एक्सेन्ज मेला’ सुरु गरेको छ । यो एक्सेञ्ज मेलाको उद्घाटन हिमांसु सान् र यामाहा मिस नेपाल अनुष्का श्रेष्ठले संयुक्त रुपमा गरे ।

मोरङ अटो वक्र्सले रणनीतिक रुपमा यसलाई फेरि दोहोर्‍याएको छ, यामाहाको नयाँ मोडलहरुमा अधिक मात्रामा आकर्षण देखिएको छ ।

मोरङ अटो वक्र्सले हालैमात्र यामाहा एफजेड भी ३ र एमटी १५ लाई प्रस्तुत गरेको छ । यी दुवै बाइकहरुमा परिष्कृत एबिएस र यामाहाको आफ्नै प्रमाणित प्रविधि एफआई रहेका छन् ।

यो एक्सेञ्ज उत्सवको आकर्षण नै ग्राहकहरुले कुनै पनि ब्राण्डको पुरानो मोटरसाइकल तथा स्कूटर दिएर बजार मूल्या‌ँकनको सबैभन्दा उच्च २० हजार अतिरिक्त ग्यारेन्टी मूल्यका साथ नयाँ ब्राण्डको यामाहामा आफ्नो स्तरोन्नति गर्न पाउनु हो ।

६ दिनसम्म चल्ने यो उपभोक्ता लक्षित पहल यही १४ भाद्रदेखि १९ भदौसम्म राष्ट्रिय सभा गृह भवन काठमाडौंमा आयोजना हुँदैछ, जहाँ ग्राहकहरुलाई आश्चर्यचकित बनाउने कारोबार उपलब्ध हुनेछ ।

यहाँ १ लाखसम्मको नगद छुट, सामग्रीहरु सित्तैमा, स्थलगत फाइनान्स सुविधा र टेष्ट राइडमा आकर्षक उपहारहरु रहेका छन् ।

महा-एक्सेञ्ज मेलामा सेलिब्रेटी वाक-इन्, लाइसेन्स ट्रायल सित्तैंमा, टेष्ट राइड, हाँक्ने प्रतिस्पर्धाहरु, डोर प्राइज र फूड स्टलहरु पनि विशेष आकर्षण रहेका छन् ।
एक्सेन्ज कारोबारका अलावा महा-एक्सेञ्ज मेलामा आउनु हुने ग्राहकहरुले सबै ब्राण्डका मोटरसाइकलहरुका लागि अन्य निशुल्क सुविधाहरु जस्तैः सित्तैंमा बाइक धुने, निशुल्क परीक्षण क्याम्प सेवा पनि प्राप्त गर्नु हुनेछ ।

अब नयाँ बाइक र दशैं अफरको साथमा यो एक्सेञ्जले बाइकका शौखीनहरुलाई प्रमाणित यामाहा प्रविधिको उत्कृष्ट मोडलमा आफ्नो स्तरोन्नति गर्न एक मञ्च प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?