+

टोटनहृयाम र आर्सनल बराबरीमा

२०७६ भदौ  १६ गते १२:४५ २०७६ भदौ १६ गते १२:४५
टोटनहृयाम र आर्सनल बराबरीमा

१६ भदौ, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहृयाम र आर्सनलले २-२ गोलको बराबरी खेलेका छन् ।

आइतबार राति भएको खेलमा घरेलु टोली आर्सनल दुई गोलले पछि परेको अवस्थालाई रोक्दै टोटनहृयामसँग बराबरी खेल्न सफल भएको हो । खेलको १०औं मिनेटमा नै क्रिस्टियन इरिकसेनले गोल गर्दै टोटनहृयामलाई अग्रता दिलाएका थिए ।

खेलको ४०औं मिनेटमा हृयारी केनले गोल गरेपछि टोटनहृयाम २-० गोलले अघि रहेको थियो । तर पहिलो हाफको अन्तिम समयमा एलेपक्सजेन्डर लकाजेटले गोल गर्दै २-१ गोलको स्थितिमा ल्याएका थिए । खेलको ७१ औं मिनेटमा पिइरे इमिरिक अबुमेयाङले गोल गर्दै गर्दै आर्सनललाई २-२ गोलको बराबरी दिलाएका हुन् ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय