+
+
Shares

भारतसँगको खुला सीमानाले दोहोरो नागरिकताको समस्या भयो : गृहमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २७ गते ९:०५

२७ भदौ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भारतसँगको खुला सीमानाले दोहोरो नागरिकताको समस्या आएको बताएका छन् ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता विधेयकबारे आयोजना गरेको छलफलमा बोल्दै उनले दोहोरो नागरिकता समस्याले देशको विकासमा समेत असर गरेकाे बताए । देशको विकासलगायतमा यसले समस्या पारेकाले समाधानका लागि नागरिकता विधेयक ल्याइएको उनकाे भनाइ छ ।

‘भारतसँगको खुला सीमानाका कारण दोहोरो नागरिकता समस्या आएको छ’, नागरिकता विधेयकबारे उठेका प्रश्नको जवाफ दिँदै उनले भने, ‘यो समस्याले देशको विकासमा असर पारेकाले समाधानका लागि विधेयक ल्याइएको हो ।’

समिति सदस्यहरूले भारतमा ७ वर्ष बसेपछि नागरिकता पाउने व्यवस्था भए पनि नेपालमा आउनेबित्तिकै दिने असमान व्यवस्था राखिएको भन्दै असन्तुष्टि जनाएका थिए । जवाफमा गृहमन्त्री थापाले समान बनाउने हो भने पनि समितिले निर्णय गर्न सक्ने बताए ।

‘७ वर्ष बसेपछि नागरिकता दिने अभ्यास भारतमा भए पनि नेपालमा आउनेबित्तिकै दिने कुरा असमान भएको कुरा समिति सदस्यहरूले राख्नु भएको छ । विदेशी ज्वाइँको विषय पनि उठाउनु भएको छ’, थापाले भने, ‘नागरिकताबारे समान व्यवस्था गर्नु उपयुक्त लागे तपाईंहरुले निर्णय गर्न सक्नुहुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?