Comments Add Comment

सीटीईभीटीका कर्मचारीहरु दिनभर धर्नामा

३१ भदौ, भक्तपुर । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)मा कार्यरत कर्मचारीहरू ११ बुँदे माग राखेर चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । सीटीईभीटी व्यवस्थापनसँग गत वर्ष असोज २१ र जेठ १३ गते भएका सहमति कार्यान्वयन गर्नुपर्ने माग राख्दै कर्मचारीहरु भदौ २५ गतेदेखि आन्दोलनमा उत्रिएका हुन् ।

हाल दोस्रो चरणको आन्दोलनअन्तर्गत राष्ट्रिय कर्मचारी संगठन केन्द्रीय कार्यालयमा कार्यरत ७५ जना कर्मचारीहरु धर्ना बसेका छन् । बिहान १० बजेदेखि शुरू भएको धर्ना साँझ कार्यालय बन्द नहुँदासम्म जारी रहने आन्दोलनरत राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष तेजबहादुर खत्रीले जानकारी दिए । आफ्ना माग छिटो पूरा नगरिए सीटीईभीटी ठप्प पार्ने उनले चेतावनी दिए ।

आन्दोलनरत कर्मचारीहरुले सीटीईभीटी व्यवस्थापनसँग सेवा प्रवेशदेखि हालसम्म परिषदको केन्द्रीय कार्यालयभन्दा बाहिर नगएका कर्मचारीहरूलाई तत्काल पहिलो चरणमा प्रदेश तथा शिक्षालयमा खटाउनुपर्ने माग राखेका छन् । त्यसपछि क्रमशः बढी अवधि परिषद् कार्यालय बसेका कर्मचारीहरूलाई प्रदेश कार्यालय तथा शिक्षालयमा खटाउनुपर्ने उनीहरुको माग छ ।

सीटीईभीटीका सदस्य सचिव पुष्परमण वाग्लेको कार्यकक्षमा एक घण्टा धर्ना दिएर कर्मचारीहरुले आन्दोलन सुरु गरेका थिए ।

हेर्नुहोस् यस्ता छन् कर्मचारीका माग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment