Comments Add Comment

दीपिकाको गाउन सम्हाल्दै रणवीर

बुधबार बेलुकी भारतको चर्चित अवार्ड ‘आइफा अवार्ड’ सम्पन्न भएको छ । नेपालमा हुने चर्चा चलेपनि व्यापक विरोध भएपछि यो अवार्ड यसपटक भने भारतमा नै आयोजना भएको थियो । यो अवार्ड विदेशमा आयोजना हुँदै आएको थियो । आइफा अवार्डमा बलिउडका चर्चित अनुहारहरुको उपस्थिती थियो । जसमा, नायक रणवीर सिंह र नायिका दीपिका पादुकोण पनि अवार्ड समारोहमा पुगेका थिए ।

तर, निकै नै लामो गाउन लगाएर अवार्डमा पुगेकी दीपिकालाई पहिरन सम्हाल्न नै गाह्रो भयो । मुम्बइमा निकै ठूलो पानी परिरहँदा अवार्ड आयोजना भएको थियो । लामो गाउन लगाएर पुगेकी दीपिकाको पहिरन सम्हाल्न नायक रणवीर सिंहलाई नै हम्मे हम्मे भयो । उनी, दीपिकाको गाउनको एक भाग हातमा लिएर स्टेजबाट तल झरिरहेको तस्वीर अहिले भाइरल भैरहेको छ ।

यो अवार्डमा रणवीरले उत्कृष्ट नायकको अवार्ड जिते भने दीपिकाले पछिल्लो २० बर्षकै उत्कृष्ट नायिकाको अवार्ड जितेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment