Comments Add Comment

करिश्मा मानार्थ मिसेस नेपाल

विवाहित महिलाहरुवीच हुँदै आएको सौन्दर्य प्रतियोगितामा भाविषा कोइराला चटौतले मिसेस नेपाल इन्टरनेशनलको उपाधी जितिन् । पाँचौ संस्करण अन्तर्गत भएको यो प्रतियोगिताका लागि उनी महेन्द्रनगरबाट प्रतियोगितामा सामेल भएकी थिइन् । उनले पुरस्कार वापत स्कुटर प्राप्त गरेकी छिन् ।

विभिन्न पेशामा आवद्ध ३० विवाहित महिलाबीच सम्पन्न प्रतियोगितामा महोत्तरीकी स्त्री रोग विशेषज्ञ रंगीना लाईकंग्बम एमएस नेपाल इन्टरनेसनल २०१९ भएकी छिन् । प्रतियोगिता गएको शनिवार राती नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको हो ।

भविषा र रंगीनाले सिंगापुरमा हुने मिसेस इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन् ।

प्रतियोगतामा ‘मिसेस नेपाल इन्टरनेशनल -२०१९’ले  अभिनेत्री करिश्मा मानन्धरलाई आजीवन मानार्थ मिसेस नेपाल इन्टरनेशनल उपाधिद्वारा सम्मान गरेको छ । रिवन इन्टरटेनमेन्ट प्रालिले आयोजना गर्ने प्रतियोगिताको ग्रान्ड फिनालेमा उनलाई यस्तो सम्मान दिइएको हो ।

प्रतियोगितामा पूर्व प्रधान सेनापती रुकमाङ्गद कटुवाल, मिस नेपालका आयोजक संस्थाका गोपाल सुन्दर लाल कक्षपति, अभिनेता राजेश हमाल, मिसेस नेपाल इन्टरनेसनल २०१५ सबिता लामिछाने, मिस नेपाल २०१५ इभाना मानन्धर र गायक डा. आभास लाभ निर्णयक रहेका थिए ।

प्रतियोगितामा रोजिना भट्टराई फर्ष्ट रनर्सअप, स्नेहा राउत थापा सेकेन्ड रनर्सअप र बेस्ट पर्सनालिटी, शबनम खरेल थर्ड रनरअप र बेस्ट र्‍याम्प वाक, शिल्पी गुप्ता फोर्थ रनर्सअप र मेनेजमेन्ट च्वाईस, कुश्मा देवी खाँड मल्ल मोस्ट पपुलर र मोस्ट फ्रेन्ड्ली तथा आश्मा तामाङ पब्लिक च्वाईस र  मस्ट गर्जियस भएका छन् ।

अश्विनी झाको कोरियोग्राफी र कार्यक्रम सञ्चालनमा सम्पन्न प्रतियोगितमा सुशीला श्रेष्ठ मोष्ट क्रिएटिभ, सरस्वती बुढाथोकी बेस्ट ग्लोइङ स्किन, रूपा शाह बेस्ट हेयर, इन्दिरा रानाभाट ब्युटिफुल  स्माइल, सन्ध्या घिमीरे मल्टीमीडिया च्वाईस, एलिजा महत युट्यूब बेस्ट भ्यूज, सृजना पाण्डे मोष्ट ट्यालेन्टेड, प्रतिमा ज्ञवाली म्यानेजमेन्ट च्वाईस, बिना जोशी चन्द मोस्ट ब्यूटीफूल, प्रतिमा मल्ल बेस्ट डान्सर, नम्रता शर्मा मोष्ट ऐक्टिव, सबीना चालीसे मिसेस कंजीनीयलिटी, नीरा तामाङ सोशल्ली एक्टिभ, सुशीला भट्ट मिसेस फोटोजेनिक र बिमला केसी लेडी विथ पर्पस भएका छन् ।

प्रतियोगिता पाँचौ  वर्षमा पुगेको अवसरमा पत्रकार विदुर गिरी, शिक्षाविद् पूर्ण लामा, गायक सीताराम पोखरेल र मिस नेपालका आयोजक गोपाल सुन्दर लाल कक्षपतीलाई रिवन अनर अवार्डबाट सम्मानित गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment