Comments Add Comment

सरकारसँग सहमतिपछि कृषि प्राविधिकको आन्दोलन फिर्ता

१४ असोज, काठमाडौं । सरकारसँग ६ बुँदे सहमति भएपछि कृषि तथा पशु प्राविधिकले आन्दोलन फिर्ता लिएका छन् । आफूहरुको सेवालाई निरन्तरता दिन र तलब भत्ताको माग गर्दै नेपाल कृषि तथा भेटरिनरी प्राविधिक हकहित संरक्षण समितिले आन्दोलन गरेको थियो ।

कृषि मन्त्रालयमा भएको वार्तामा ती प्राविधिकहरुको सेवालाई निरन्तरता दिने सहमति भएपछि उनीहरुले आन्दोलन फिर्ता लिएका हुन् । २८ सय १३ जना प्राविधिकलाई असोज महिनासम्मको ३ महिनाको तलब र दशैं खर्चवापतको रकम स्थानीय तहमा पठाउने सहमति भएको छ ।

त्यस्तै आर्थिक वर्ष २०७६/७७ को बाँकी ९ महिनाको तलबका लागि अवाश्यक पर्ने करिब ७० करोड रकम व्यवस्थापन गर्न अर्थ मन्त्रालयसँग माग गर्ने निर्णय पनि भएको छ । एक गाउँ एक प्राविधिकको सेवा निरन्तरताका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयसँग छलफल गरी नीतिगत निर्णयका लागि सिफारिस गर्ने पनि सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment