+
+
Shares

भारतबाट ल्याएको ३२ खसी नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १४ गते १९:०३

१४ असोज, जनकपुरधाम । भारतबाट भन्सार छलेर ल्याउँदै गरिएको ३२ वटा खसी महोत्तरीबाट नियन्त्रणमा लिइएको छ । सशस्त्र प्रहरीको टोलीले महोत्तरी सदरमुकाम जलेश्वर नगरपालिका ८ बिसनपुराबाट मंगलबार नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी नेपाल नम्बर ९ गणको टोलीले केहL महिलाहरुले भारतबाट भन्सार छलेर ल्याउँदै गरेको ३२ वटा खसी नियन्त्रणमा लिएको सशस्त्र प्रहरी उपरीक्षक निरकृष्ण अधिकारीले जानकारी दिए ।

उनका अनुसार गस्तीमा रहेको टोलीले खसी नियन्त्रणमा लिएको हो । प्रहरीलाई देखेपछि खसी ल्याउने महिलाहरु भागेकी थिइन् । उपरीक्षक अधिकारीका अनुसार  १ लाख ९८ हजार रुपैयाँ मूल्य बराबरको उक्त खसीलाई भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको छ ।

खसीबोका नेपालभन्दा भारतमा सस्तो पाइन्छ । दशैंमा भारतबाट ल्याएर नेपालमा महँगोमा बेच्ने व्यापारीहरु यो समयमा सक्रिय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?