Comments Add Comment

कांग्रेसको चियापानमा प्रधानमन्त्रीले भने – देउवासँग ४५ वर्षदेखिको सम्बन्ध हो

२६ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आफ्नो ४५ वर्ष पुरानो सम्बन्ध रहेको स्मरण गरेका छन् ।

आइतबार नेपाली कांग्रेसले आयोजना गरेको चियापानमा कार्यक्रममा सहभागी भएका उनले चाडपर्वमा आयोजना हुने यस्ता कार्यक्तमले सम्बन्ध अझै राम्रो बनाउने बताए ।

‘शेरबहादुर देउवासँग मेरो ४५ वर्षदेखिको सम्बन्ध हो, रामचन्द्र पौडेलजीसँग पनि पुरानो सम्बन्ध छ, यस्ता चाडपर्वले पनि सम्बन्धलाई अझ राम्रो बनाउँछ’ उनले भने ।

प्रधानमन्त्री ओलीले चाडपर्वले सम्बन्ध मजवुत बनाउने भन्दै चाडपर्वका अवसरमा कांग्रेसले सुरु गरेको चियापान कार्यक्रम अहिले परम्पराजस्तो बनेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment