Comments Add Comment

‘चिनियाँ राष्ट्रपतिको भ्रमणबाट दुई मुलुकबीच सम्बन्ध नयाँ युगमा’   

२६ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सी चीनफिङको राजकीय भ्रमणबाट नेपाल र चीनबीचको अटल र सुदृढ सम्बन्ध नयाँ युगमा प्रवेश गरेको बताएकी छन् ।

चिनियाँ राष्ट्रपति सी दुई दिने नेपाल भ्रमण पूरा गरी आइतबार स्वदेश फर्किए लगत्तै राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल मार्फत यस्तो बताएकी हुन् ।

राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षीले नेपाल र नेपालीप्रति दर्शाएको अपार सद्भावका लागि हार्दिक कृतज्ञता समेत व्यक्त गरेकी छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment