काठमाडौं । लिओनल मेस्सीले बार्सिलोनाका लागि ला लिगा अति महत्त्वपूर्ण रहेको बताएका छन् ।
उनले च्याम्पियन्स लिग र कोपा डेल रेभन्दा अगाडि ला लिगालाई राखेका हुन् । मेस्सीले बार्सिलानाबाट १० पटक ला लिगाको उपाधि जितेका छन् भने चारपटक च्याम्पियन्स लिग र र ६ पटक कोपा डेल रेको उपाधि उचालेका छन् ।
उनले छैटौं पटक गोल्डेन सुज जितेको छन् । मेस्सीले घरेलु लिगमा राम्रो गरेपछि मात्र अरू प्रतियोगितामा सफलता हात पार्ने सम्भावना रहने धारणा राखे ।
उनले भने, ‘च्याम्पियन्स लिग हाम्रा लागि विशेष हो र हामी हरेक वर्ष जित्न चाहन्छौं ।’
उनले अघि भने, ‘तर हामीलाई थाहा छ कि ला लिगा अति महत्वपूर्ण छ किनकि त्यसले नै हामीलाई च्याम्पियन्स लिग र स्पेनिस कपमा प्रतिस्पर्धी बनाउँछ ।’
ला लिगामा राम्रो गर्न नसक्दा च्याम्पियन्स लिगमा राम्रो गर्न कठिन हुने उनले बताए । ‘यो सत्य हो कि हामी सधैं च्याम्पियन्स लिगबारे कुरा गर्छौं तर ला लिगा र स्पेनिस कपलाई बिर्सिएका छैनौं र हामी सबै उपाधि जित्न चाहन्छौं’, मेस्सीले भने ।
यो सिजन बार्सिलोना ला लिगाको उपाधि लगातार तेस्रोपटक जित्न चाहन्छ । तर, खराब सुरुवात गरेको ऊ लिगको दोस्रो स्थानमा छ र लिडर रियल मड्रिडभन्दा तीन अकंले पछाडि छ ।
युरोपमा भने बार्सिलोनाले पछिल्लोपटक २०१५ मा च्याम्पियन्स लिगको उपाधि उचालेको थियो ।
त्यसपछि फाइनलमा पुग्न सकेको छैन । गत सिजन सेमिफाइनलको पहिला लेगमा ३–० को अग्रता लिएको बार्सिलोना दोस्रो लेगमा लिभरपुलसँग ४–३ ले पराजित भयो ।
यो सिजन समूह चरणमा बोरुसिया डर्टमुण्डसँग गोलरहित बराबरी खेलेको उसले इन्टर मिलानलाई २–१ ले हरायो र ४ अंकका साथ समूह एफको दोस्रो स्थानमा छ ।
प्रतिक्रिया 4