+
+
Shares

प्रदेश सरकारको बजेटले बेलकामा रंगशाला बनाउने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ५ गते १५:५४

५ कात्तिक, काठमाडौं । खेलकुद क्षेत्रको विकासका लागि प्रदेश १ सरकारले उदयपुरको बेलका नगरपालिकालाई २० लाख रुपैयाँ अनुदान दिएको छ ।

प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको असोज १४ गतेको निर्णयअनुसार २० लाख रुपैयाँ प्राप्त भएको नगरपालिकाका मेयर दुर्गाकुमार थापाले जानकारी दिए ।

प्रदेश सरकारले दिएको रकमबाट नगरपालिकाले वडा नम्बर ६ मा रहेको लेकाली रंगशालाको स्तरोन्नति गर्ने भएको छ । यसअघि चिहानघारी रहेको उक्त क्षेत्रमा चिहान स्थानान्तरण गरेर रंगशाला बनाउन लागिएको मेयर थापाले बताए ।

‘यसअघि त्यहाँ चिहानघारी थियो, त्यहाँ रहेका २९ वटा चिहान परिवारको सहमतिमा नै स्थानान्तरण गरिएको छ’ उनले भने, ‘अब त्यहाँ आधुनिक रंगशाला बन्नेछ, यसका लागि प्रदेश सरकरको अनुदानले विशेष काम गर्नेछ ।’

प्रदेश सरकारले उपलब्ध गराएको अनुदान २०७७ सालभित्र खर्च भइसक्नुपर्नेछ । उक्त अवधिमा रकम खर्च नभएर कोष तथा लेखा नियन्त्रक कार्यालयमा फिर्ता हुने बताइएको छ ।

विस्तृत परियोजना अध्ययन प्रतिवेदन (डीपीआर) ले ४ करोड रुपैयाँ लाग्ने देखाएको छ । बाँकी खर्च भने नगरपालिका आफैले खर्च गर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?