Comments Add Comment

लक्ष्मी पूजाको दिन अपनाउनु पर्ने सावधानीहरु

लक्ष्मीपूजाको दिन दिन हिन्दुहरुले आफ्नो घरमा माता लक्ष्मीको पुजा आराधना गर्छन्, जसले गर्दा माताको कृपा प्राप्त भएर धन-सम्पत्ति प्राप्ती हुन्छ । धार्मिक ग्रन्थहरुमा तिहारसंग सम्बन्धित केही त्यस्ता विशेष कुराहरुको जानकारी दिइएको छ, जसलाई अपनाएर तपाईं आफ्नो जीवनको सम्पुर्ण समस्यालाई कम गर्न सक्नु हुन्छ । यदि तपाईं पनि माता लक्ष्मीको कृपा आफ्नो परिवारमा रहोस् भन्ने चाहानु हुन्छ भने तपाईंले पनि शास्त्रहरुमा भने अनुरुप यी विशेष नियमहरुलाई पछ्याउनु आवश्यक छ ।

घरको झ्याल र ढोका

लक्ष्मी पूजाको दिन घरको मुख्य झ्याल र ढोका खुल्ला राख्नु पर्छ, जसले तपाईंको घरमा सुख र शान्ति कायम रहन्छ । घरको मुख्य ढोका अगाडि रंगोली बनाउनु पर्छ । मुख्य ढोकाको उत्तर दिशामा रातो अबिरले स्व्ास्तिक बनाउनु पर्छ, त्यसो गर्दा अति शुभ हुन्छ ।

सर सफाई

पूजामा प्रयोग हुने किताब र अन्य कुराको सरसफाई लक्ष्मी पूजाको दिन बिहान नै गर्नु पर्छ । साँझ परेपछि घरको कुनै ठाउँको पनि सरसफाई गर्नु हुँदैन । त्यसो गर्नाले माता लक्ष्मी रिसाउँछिन् भन्ने धार्मिक मान्यता छ ।

नुन र पानी मिसाएर छर्कनु पर्छ

लक्ष्मी पूजाको दिन घरमा नुन पानी छर्कनु पर्छ । लक्ष्मी पूजाको दिन बिहान नुन पानी छर्कनु पर्छ । त्यसो गर्दा घरको वातावरण शुद्ध हुन्छ । वर्षभरी प्रवेश गरेका नकारात्मक शक्तिहरुबाट पनि मुक्ति मिल्छ ।

मूर्ति स्थापना

लक्ष्मी पुजाको समय मन्दिरमा राखिने गणेश र लक्ष्मीको मूर्तिलाई घरको उत्तर दिशामा स्थापित गर्नु पर्छ । लक्ष्मी पूजा गर्दा कुवेरको मुर्ति स्थापना गर्न बिर्सनु हुँदैन । उत्तर दिशातर्फ मूर्ति स्थापना गरेर पूजा गर्दा दुई गुणा फल प्राप्त हुनुको साथै घरको वास्तु दोष पनि समाप्त हुन्छ ।

कालो रंगको वस्त्र

लक्ष्मी पूजाको दिन कालो रंगको वस्त्र लगाउनु हँुदैन । विशेष गरेर पूजा गर्दा कालो रंगको कुनै पनि वस्तु प्रयोग गर्नु हुँदैन । कालो रंगका वस्तुको प्रयोगले माता लक्ष्मी रिसाउन सक्छिन्, जसको नराम्रो परिणाम तपाईले बर्ष भरि नै भोग्न पर्ने हुन सक्छ ।

फुटेका भाँडा

लक्ष्मी पूजाको दिन फुटेका भाँडाको प्रयोग गर्नु हुँदैन । घरमा आएका पाहुनालाई फुटेका भाँडामा खाना खान दिनाले पनि घरमा गरीवी बढ्छ र जीवनमा वास्तुदोष उत्पन्न हुन्छ ।

खन्डित मूर्ति

पूजाको समयमा कुनै पनि भगवानको मूर्ति खन्डित छ कि छैन भन्ने कुरा ध्यान दिनु पर्छ । खन्डित मूर्ति र तस्वीरको पूजा गर्नाले देवी-देवता रिसाउछन् ।

गणेश पूजा

गणेश भगवान विवेक र बुद्धिको प्रतीक हुन् र लक्ष्मीलाई  धन-सम्पत्तिको देवी मानिन्छ । धन-सम्पत्ति सधैं त्यहि व्यक्तिसंग मात्र टिक्छ, जसले सोच विचारका साथ काम गर्छ । त्यसैले भगवानसंग धन पदार्थ माग्नु पुर्व त्यसलाई सम्भालेर राख्नको लागि बुद्धि माग्नु आवश्यक छ ।

यसरी लक्ष्मी पुजाको दिन यी वास्तु टिप्सलाई ध्यान दिएर पूजा गर्नाले तिहारमा मात्र होइन वर्षभरी नै शुभ र खुशी रहनु हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment