+

डा. बालकृष्ण शाह भन्छन्-‘चार्डपर्वमा महिनावरी भएमा चिन्ता गर्नुपर्दैन’

२०७६ कात्तिक  ११ गते १६:३० २०७६ कात्तिक ११ गते १६:३०
डा. बालकृष्ण शाह भन्छन्-‘चार्डपर्वमा महिनावरी भएमा चिन्ता गर्नुपर्दैन’

तिहार धार्मिक तथा सामाजिक पर्व हो । तिहारमा माता लक्ष्मीको पूजाआजा गर्ने, गाई, गोरु, कुकुर, काग आदिको पूजा गर्ने । यमपञ्चकका पाँचै दिन कुनै न कुनै किसिमको पूजाआजा गरिन्छ । भाइटिका लगाइदिने गरिन्छ । यस्तो बेला शारीरिक रुपमा शुद्ध हुनुपर्ने धार्मिक मान्यता रहिआएको छ ।

धार्मिक विधी विधान गर्नुपर्ने यसबेला महिलाहरुलाई मासिक श्राव हुनसक्छ । हाम्रो समाजमा कतिपयले मासिक स्राव भएको अवधीलाई ‘नछुने’ भन्ने गरिन्छ । हुन त यो एक नियमित र प्राकृतिक प्रक्रिया हो । यद्यपि मासिक स्राव भएको बेला कतिपय धार्मिक कार्यमा सहभागी हुनुहुँदैन भन्ने विश्वास छ । के मासिक स्रावलाई पर सार्न सकिन्छ ? भन्ने सन्दर्भमा प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. बालकृष्ण शाहसँग कुराकानी गरिएको छ ।

चार्डपर्वमा मासिक स्राव भए के गर्ने ?

जसरी दिसा र पिसाब हुनु सामान्य प्रक्रिया हो । ठ्याक्कै त्यस्तै हो, मासिक स्राव हुनु पनि । त्यसैले चार्डवर्पमा मासिक स्राव भएमा त्यसले कुनै बाधा पुर्‍याउँदैन ।

डा. बालकृष्ण साह

शारिरीक रुपमा परिपक्कता आए पछि मुख्यतया ईस्ट्रोजेन र प्रोजेष्ट्रोन हर्मोनले गर्दा पाठेघरको भित्रि तहमा आएको परिवर्तन र सो तह टुक्रिएको कारणले महिनावारी हुने गर्छ । महिनावारी हुनुका पछाडि हाईपोथालामस्, पिट्युटरी ग्रन्थी, अण्डास्य र पाठेघर सबैको आ-आफ्नै भूमिका रहेको हुन्छ । यो एक प्राकृतिक अवस्था वा प्रक्रिया हो भनेर यसलाई सामान्य रुपमा बुझ्नुपर्छ ।

मासिक स्रावलाई पर सार्न मिल्छ कि मिल्दैन ?

महिनावारीको कारण धेरै चिन्ता लिनु आवश्यक छैन । चार्डवर्पमा महिनावारी हुँदा असहज महसुष हुन्छ भने पनि सजिलै महिनावारी २-४ दिन पर सार्न सकिन्छ । यद्यपि महिनावारी सार्नु भन्दा पनि सफा रहनेमा ध्यान दिएकाे राम्रो हाे ।

कसरी ?

यस अवस्थामा महिनावरी हुने दिन भन्दा १-२ दिन अगाडि प्रोजेष्ट्रन चक्की प्रयोग गर्न सकिन्छ । प्रोजेष्ट्रोन ट्याब्लेट ५ मिलिग्रामको बिहान र बेलुका गरी २ पटक कम्तिमा २ दिन अगाडिबाट शुरु गरेको राम्रो हो । प्रोजेष्ट्रोन चक्की नपाएको अवस्थामा परिवार नियोजनका लागि प्रयोग गरिने खाने चक्की पिल्स सेवन गर्दा पनि हुन्छ । पिल्समा पनि ईस्ट्रोजेन र प्रोजेष्ट्रोन हर्मोन हुने भएकाले यो प्रयोग गर्न सकिन्छ । पहिलेदेखि नै परिवार नियोजनका लागि पिल्स खाईरहेको महिलाले महिनावारी पर सार्न खैरो चक्किको सट्टा पनि सार्नुपर्ने दिन सम्म सेतो चक्की नियमित खानु पर्छ । परिवार नियोजनका साधन प्रयोग गरिरहेको महिलाहरुले पनि महिनावारी पर सार्न मिल्छ ।

यसले कुनै नराम्रो असर गर्दैन ?

यस प्रक्रियाले त्यती धेरै वा दीर्घकालिन असर गर्दैन । तर यस्तो चक्की पटक पटक सेवन गर्ने, थोरै अवधि (२-४ दिन) मात्र प्रयोग गर्नाले महिनावारी अनियमित हुने तथा अन्य गडबडी हुन सक्छ । त्यसैले यस्ता चक्की पटक पटक २-४ दिन मात्र सेवन गर्नु भन्दा पुर्ण अवधि अर्थात २१ दिन नै खानु राम्रो हुन्छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

नेपालमा फिजियोथेरापी सेवा आवश्यक पर्ने ५ मुख्य स्वास्थ्य समस्या

नेपालमा फिजियोथेरापी सेवा आवश्यक पर्ने ५ मुख्य स्वास्थ्य समस्या

‘बिरामीले चिउरा, घिउदेखि कुकुरसम्म गिफ्ट दिए’ (भिडियो)

‘बिरामीले चिउरा, घिउदेखि कुकुरसम्म गिफ्ट दिए’ (भिडियो)

कसरी भएको थियो एक्स-रे प्रविधिको आविष्कार ? दुई प्रसिद्ध तस्बिरको कथा

कसरी भएको थियो एक्स-रे प्रविधिको आविष्कार ? दुई प्रसिद्ध तस्बिरको कथा

क्यान्सरसँग लडिरहेकी कल्पना भन्छिन्, ‘यो एक रोग हो, जीवनको अन्त्य होइन’

क्यान्सरसँग लडिरहेकी कल्पना भन्छिन्, ‘यो एक रोग हो, जीवनको अन्त्य होइन’

मोबाइल स्क्रोलिङले निद्रामा पार्छ प्रभाव, वैज्ञानिक तथ्यले के भन्छ ?

मोबाइल स्क्रोलिङले निद्रामा पार्छ प्रभाव, वैज्ञानिक तथ्यले के भन्छ ?

शरीरमा रातो कोठी किन बन्छ ? के छ उपचार ?

शरीरमा रातो कोठी किन बन्छ ? के छ उपचार ?