Comments Add Comment

एक मुस्लिम देशले सिकाएको सूर्य पूजाको इतिहास !

हरि(सूर्य)लाई चिनाउनको लागि होरस, ईश्वर शब्दलाई चिनाउन ईसिस, शिवलाई चिनाउन सेव, श्वेतलाई चिनाउन सेत, क्षत्रीयलाई चिनाउनको लागि खेत, शरदलाई चिनाउनको लागि सरदी यो भारत वर्ष र मिश्र सभ्यतामा प्रयोग हुने केही नामहरु हुन् । शाब्दिक हिसाबले धेरै समान थियो प्राचीन मिश्र र भारत वर्ष । केवल भाषा मात्रै एउटै थिएन । मिश्रका पुरोहित र भारत वर्षका पुरोहितहरुको भेषभुषा पनि एउटै किसिमको थियो । मूर्तिमाथि टीका लगाउँथे । परम्परा पनि झण्डै झण्डै सबै मिल्थ्यो । साथमा एउटै किसिमको कलाकृति र संस्कृतिले जोडेको थियो मिश्र र भारतवर्षलाई ।

सिन्धु घाँटीबाट ‘हिन्दु’को शब्दको उत्पत्ति हुनुभन्दा पहिलेको सनातन धर्मालम्बीहरुको भाइचारा हो यो । अहिले सांस्कृतिक हिसाबले दुबै क्षेत्र एक अर्कामा भिन्न छन् । तर, इतिहासलाई फर्किएर हेर्दा यिनीहरुबीचको असीम प्रेम र सांस्कृतिक आदानप्रदान अझैपनि प्यारो लाग्ने गर्छ ।

अहिले भारत वर्षमा सूर्य पूजा गरी मनाईने छठ पर्व मनाईंदै छ । जतिबेला हामी सूर्य पूजा र लिंग पूजाको तयारीमा जुट्छौं, झट्ट सम्झन्छौं मिश्रले सिकाएको सूर्य पूजाको परम्परा । अहिले पूर्वीय संस्कृतिमा भगवानको रुपमा सूर्यको पूजा हुन्छ । छठी माताको रुपमा कात्यायनीलाई गरिने पूजामा अस्ताउ“दो र उदाउ“दो सूर्यलाई अर्घ नदिई विधि पूरा हुँदैन । बिहान बिहान सूर्यलाई नमस्कार नगरी हाम्रो दैनिकी सुरु हुँदैन । यति महत्वपूर्ण बनिसकेको सूर्य पूजा कुनै समय प्राचीन मिश्र सभ्यतामा पनि यस्तै महत्वका साथ मनाइन्थ्यो ।

त्यसो त प्रकृतिलाई नै विभिन्न देवताको रुपमा पूजा गर्ने चलन हामीले आफैं पनि विकास नगरेका होइनौं । इन्द्रलाई वर्षाको देवता हामीले नै मानेका हौं । ऋग्वैदिक कालीन भारत वर्षमा इन्द्रलाई नै सर्वेसर्वा मानिरहँदा ‘आरोग्यं भास्करादिच्छेत’ भन्दै मिस्रले सूर्यलाई सर्वश्रेष्ठ चिकित्सा देवताको रूपमा मान्न थालिसकेको थियो । भारत वर्षको संस्कृतिमा मिश्र संस्कृतिको ठूलो योगदान छ ।

हाम्रा आराध्यदेव भगवान शिवको लिंग पूजा सम्बन्धी संस्कृति पनि हामीलाई इजिप्टले नै सिकायो । जतिबेला हामी इन्द्रको पूजामा नै लीन थियौं । त्यतिबेलासम्म हामीले न त शिव पूजनबारे सोचेका थियौं । न त सूर्य पूजा सम्बन्धी नै । यो बाहेक कतिपय पूर्वीय सम्प्रदायमा पनि मरेको शवलाई गाडेर त्यसको माथि पिरामिड बनाउने परम्परा छ । त्यो पनि हामीलाई मिश्रले नै सिकाएको हो । हाम्रा अधिकांश प्यागोडा शैलीका मन्दिरहरु पनि हामीले इजिप्टबाट नै सिकेका हौं भन्ने मत इतिहासकारहरुको छ । हामीहरुले मान्दै आएका धेरै संस्कृतिहरु त्यहा“को तत्कालीन संस्कृतिसँग हुबहु मिल्ने भएकोले पनि मिश्रको प्रभाव भारत वर्षमा परेको मान्न सकिन्छ ।

उत्तरी भूमध्य सागर, उत्तर–पूर्वमा गाजा पट्टी र इजराइल, पूर्वमा लाल सागर, पश्चिममा लिबिया एवं दक्षिणमा सुडानसम्म पुगेको मिस्र एक अन्तरमहाद्वीपीय देश हो । जो अफ्रिका र एशिया–अरबलाई जोड्ने सेतु पनि हो । प्राचीन मिस्र नील नदीको किनारामा बसेको यो सभ्यता विश्वको उन्नत सभ्यता हो । प्राचीन विश्वको प्रमुख व्यापारिक एवं धार्मिक केन्द्रको रुपमा रहेको यसले सम्पूर्ण विश्वलाई संस्कार सिकायो । मेसोपोटामियामा भेटिएका माटाका विभिन्न कलाकृतिहरु मिश्रले नै दिएको उपहार थियो । भारतको एलोराको गुफा र इजिप्टको एक गुफामा उत्खनन् गरिएको बस्तु र गुफाको प्रकारमा आश्चर्यजनक रूपले समानता देखिन्छ । त्यसैले हामी भन्नसक्छौं प्राचीन मिश्रले नै हामीलाई धर्म दियो, संस्कृति दियो र एउटा उन्नत सभ्यता पनि ।

प्राचीन मान्यता अनुसार गजपत, भूपद, अधिपद नामका ३ भाइहरु मिस्रमा बस्ने गर्दथे । आन्तरिक कलहका कारण तीन मध्येका गजपदले इजिप्ट छाडेर भारत वर्षमा प्रवेश गरे । त्यहीँबाट एकअर्काको संस्कृति आदानप्रदान हुन थाल्यो भन्ने मान्यता पाइन्छ । गजपद मिस्र छोडेपछि अहिलेको अफगानिस्तानमा राजधानी बनाएर शक्तिशाली राज्य स्थापना गरी बसेका थिए ।

प्राचीन भारतवर्षमा सिन्धु नदीको बन्दरगाह अरब र भारतीय संस्कृतिको मिलन केन्द्र थियो । यहीबाटो जहाजद्वारा कम समयमा इजिप्ट या साऊदी अरब पुग्न सकिन्थ्यो । सडक मार्गबाट जाँदा भने अहिलेको बलुचिस्तानबाट ईरान, ईरानबाट इराक, इराकबाट जोर्डन र जोर्डनद्वारा इजराइल हुँदै इजिप्ट पुग्ने गरिन्थ्यो ।

इस्लामी शासकले विजय गर्नुपूर्व इजिप्टले नै सूर्य र नील नदीको पूजा सबैभन्दा महत्वपूर्ण मान्ने गरेको थियो । इस्लाम शासकको विजयसँगै पूर्वीय संस्कृतिलाई सूर्य पूजाको जिम्मा लगाएर आफूले विश्राम लिएको इतिहास छ । प्राचीन समयमा ३६५ दिन र १२ महिनालाई एक वर्ष मान्ने क्यालेण्डर पनि मिश्रले नै सुरु ग¥यो । दुनियाको समय सूचक घडीको आविश्कार पनि इजिप्टले नै गरेको हो । त्यसैले इजिप्ट केवल पिरामिड र ममीहरुको शरह मात्रै होइन । अनेक संस्कृतिको लागि महत्वपूर्ण शहर पनि हो ।

सो देशमा हाल झण्डै ९५ प्रतिशत इस्लाम धर्मालम्बीहरुको बसोबास छ । ईशापूर्व ३४१ मा रोमन मुस्लिम सम्राटले युद्धमा जित्नुपूर्व त्यहाँ पनि धेरैले सनातन धर्म मान्ने गर्थे । सोही आक्रमणस“गै एकाएक त्यहाँको सनातन धर्मालम्बीहरु पलायन हुन थाले भने त्यहाँको  भाषा अरबिक बन्न थाल्यो ।

मिस्रबासीहरु ईसापूर्व ५०० वर्षअघिसम्म विभिन्न देवीदेवताहरुको पूजा गर्ने गर्दथे । प्राचीन मिस्रमा लगभग १४०० देवी–देवताहरुको पूजा हुने गर्दथ्यो भन्ने मान्यता छ । मिस्रमा मूसा समूहका मानिसहरु बस्ने गर्थे । पछि उनीहरु इजरायल गए । पछि यहाँ  पुनः यहुदीहरुको बसोबास हुन थाल्यो । फेरि ईसाई धर्मको उत्थानकालमा यहाँ ईसाइको बहुलता बढ्न थाल्यो। लगभग चौथो र छैठौं शताब्दीको आसपासमा मिस्रमा सबैभन्दा ज्यादा ईसाई बस्थे भन्ने इतिहास पाईन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment