Comments Add Comment

गोल्छा भावि अध्यक्ष पक्का भएपछि महासंघमा वरिष्ठ उपाध्यक्षको दौड

२४ कात्तिक, काठमाडौं । गहिरो विवादमा फँसेको निजी क्षेत्रको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघमा शुक्रबार एकाएक सहमति जुट्यो । नयाँ सहमतिसँगै महासंघका नेताहरु एक ढिक्का भएका छन् ।

एउटा कार्यकालको वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष बन्ने विद्यमान व्यवस्थालाई हटाउने वा नहटाउनेमा चरम विवाद थियो । निर्वाचन प्रणालिबाटै नयाँ अध्यक्ष चुन्नुपर्ने पक्षमा पूर्वअध्यक्ष चण्ढीराज ढकालले तीव्र लविङ गरिरहेका थिए । उनलाई अन्य केही पदाधिकारीहरुको पनि समर्थन थियो ।

विद्यमान व्यवस्थाअनुसार नै भवानी राणा महासंघको वरिष्ठ उपाध्यक्षबाट अध्यक्षमा पदोन्नति भएकी थिइन् । अब स्वतः अध्यक्ष बन्ने लाइनमा थिए वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा लाइनमा थिए । गोल्छालाई रोक्नेगरी नै विधान संशोधनको मिति समेत तोकिइसकिएकोमा शुक्रबार एकाएक नयाँ सहमति भएको छ । सहमति अनुसार महासंघको १९ औं अध्यक्ष गोल्छा बन्नेछन् ।

वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्दा बाँकी पदहरुमा भने निर्वाचन हुनेछ । महासंघमा विभिन्न पदमा आकांक्षा राख्नेहरुले भेटघाट र सम्पर्क सुरु गरिसकेका छन् । नयाँ नेतृत्व चुन्न आगामी चैत्रमा महासंघको अधिवेशन हुँदैछ ।

गोल्छा स्वतः अध्यक्ष बनेपछि सम्भवत अर्को कार्यकालका लागि पनि हालकै व्यवस्था लागु हुनेछ । अर्थात अहिले जो वरिष्ठ उपाध्यक्ष छ उही (संशोधन नभएको अवस्थामा) महासंघको २० औं अध्यक्ष बन्नेछ ।

यसकारण पनि वरिष्ठ उपाध्यक्षका लागि कडा प्रतिष्पर्धा हुने देखिएका छ । वरिष्ठ उपाध्यक्षका लागि वर्तमान ३ जना उपाध्यक्षहरु चन्द्र ढकाल, उमेशलाल श्रेष्ठ र किशोर प्रधान साथै प्रदेश ३ का अध्यक्ष दिनेश श्रेष्ठ समेत आकांक्षी देखिएका छन् ।

उनीहरुमध्ये बलिया प्रतिस्पर्धी उपाध्यक्षद्वय ढकाल र श्रेष्ठ मानिएका छन् । ढकालले एसोसिएटबाट महासंघको राजनीति सुरु गरेका हुन् । आइएमई समूहका अध्यक्ष रहेका ढकालको बैंक तथा वित्तीय क्षेत्रमा ठूलो लगानी रहेको छ ।

उनले पर्यटन क्षेत्रमा पनि राम्रै लगानी गरेका छन् । इन्डोनिशियाका लागि अवैतनिक वाणिज्य दूतसमेत रहेका ढकाल एसोसिएट उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए ।

वरिष्ठ उपाध्यक्षका अर्का आकांक्षी भनेका उमेशलाल श्रेष्ठ हुन् । ठूलो राजनीतिक घरानाका भएर पनि राजनीतितर्फ ध्यान नदिएर उद्योगमै रमाएका श्रेष्ठले बस्तुगत तर्फबाट महासंघ प्रवेश गरेका थिए । नेकपाका संस्थापक पुष्पलाल श्रेष्ठ र चर्चित वामपन्थी नेतृ स्वर्गीय साहना प्रधानका छोरा श्रेष्ठ भने उद्योगको राजनीतिमै रमाएका छन् ।

उनी अहिले नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षसमेत छन् । ३ कार्यकाल महासंघको सदस्य भएर उनी उपाध्यक्षमा निर्वाचित भएका थिए । यसअघि उनी ३ कार्यकाल नेपाल औषधि उत्पादक संघको अध्यक्ष रहे । त्यसबेला गरेका राम्रा कामको प्रभाव रहने नै भयो । औषधि उत्पादक संघका साथीहरुकै सल्लाहमा महासंघको सदस्यता लिएको र साथीहरुकै आग्रह मानेर उपाध्यक्षमा चुनाव लडेको उनले बताउँदै आएका छन् ।

अर्का आकांक्षी उपाध्यक्ष किशोर प्रधान जिल्ला तथा नगर उद्योग वाणिज्य महासंघको तर्फबाट आएका हुन् । विराटनगरका व्यवसायी प्रधान विजुलीको पोल उत्पादन गर्ने व्यवसायीहरुको संगठनको अध्यक्ष छन् । प्रधानले यसअघि नै गोल्छासँग वरिष्ठ उपाध्यक्षमा पराजय बेहोरेका थिए ।

जिल्लानगर उपाध्यक्ष प्रमोद श्रेष्ठले स्थानीय निर्वाचनमा उम्मेदवार बनेपछि उनको स्थानमा प्रधानलाई ल्याइएको थियो । वरिष्ठ उपाध्यक्षमा हारेर उपाध्यक्ष हुन राजी भएका प्रधान वरिष्ठ उपाध्यक्षको आकांक्षीको रुपमा देखिएका छन् ।

महासंघकै प्रदेश नम्बर ३ का अध्यक्ष दिनेश श्रेष्ठ पनि वरिष्ठ उपाध्यक्षको आकांक्षीको रुपमा देखिएका छन् । श्रेष्ठ यसअघि नै वस्तुगतबाट उपाध्यक्ष भइसकेका व्यक्ति हुन् । काठमाडौं जिल्लाको अध्यक्ष पनि हुन् ।

कपि तथा स्जेशनरी उद्योग, नेपालगञ्ज मेडिकल कलेज, होटल, ट्रेडिङ, गोरखापत्रलाई कागज, प्रिन्टिङ मेसिनरी सप्लाई लगायतमा लगानी रहेका श्रेष्ठ माल्ट्राका अवैतनिक महावाणिज्य दूत समेत हुन् । वरिष्ठ उपाध्यक्षका लागि बिवादमा परेर कोषाध्यक्षबाट राजीनामा दिएका ज्ञानेन्द्रलाल प्रधानले समेत आकांक्षा राखेको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment