Comments Add Comment

कीर्तिपुरमा पुरुषको बेवारिसे शव फेला   

२८ कात्तिक, काठमाडौं । कीर्तिपुरमा एक पुरुषको बेवारिसे अवस्थामा शव फेला परेको छ ।

अन्दाजी ३५/४० वर्षको जस्तो देखिने पुरुषको शव कीर्तिपुर नगरपालिका–१० स्थित त्रिभुवन विश्वविद्यालय डिन कार्यालय नजीकै बिहीबार बिहान फेला परेको हो ।

महानगरीय वृत्त कीर्तिपुरका अनुसार उक्त शवको नाम, ठेगाना केही प्राप्त हुन सकेको छैन । उक्त शवबारे विस्तृत अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment