+
+
Shares

तरुण दलले बनायो उपनिर्वाचन परिचालन र अनुगमन समिति

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २९ गते १६:२७

२९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले केन्द्रीय उपनिर्वाचन परिचालन समिति र अनुगमन समिति गठन गरेको छ ।

तरुण दल केन्द्रीय समितिको शुक्रबार बसेको बैठकले उपाध्यक्ष उत्तम चापागाइँको संयोजकत्वमा उपनिर्वाचन परिचालन समिति र कोषाध्यक्ष विद्वान गुरुङको संयोजकत्वमा अनुगमन समिति गठन गरेको हो ।

चापागाइँ नेतृत्वको केन्द्रीय निर्वाचन परिचालन समिति ३७ सदस्यीय रहे पनि गुरुङ नेतृत्वको अनुगमन समिति कति सदस्यीय छ भन्ने खुलाइएको छैन ।

१४ मंसिरमा उपनिर्वाचन हुने सम्बन्धित जिल्लाका जिल्ला अध्यक्षहरुलाई सोही जिल्लाको निर्वाचन परिचालन समितिको संयोजक तोकिएको तरुण अध्यक्ष जितजंग बस्नेतले जानकारी दिए ।

आगामी मंसिर १४ गते प्रतिनिधिसभा सदस्यका लागि कास्की क्षेत्रनम्बर २, प्रदेशसभा सदस्यका लागि भक्तपुर क्षेत्रनम्बर १ को ‘क’, दाङ क्षेत्रनम्बर ३ को ‘ख’ र बाग्लुङ क्षेत्रनम्बर २ को ‘ख’मा उपनिर्वाचन हुँदैछ । यसैगरी स्थानीय तहतर्फ धरान उपमहानगरपालिका प्रमुखसहित ५२ रिक्त पदमा उपनिर्वाचनमार्फत् जनप्रतिनिधि चयन गरिँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?