काठमाडौं । युरोकप छनोटमा अर्मेनियाविरुद्ध गोलको वर्षा गरेको इटलीले नयाँ रेकर्ड बनाएको छ ।
आइतबार राति भएको छनोटको अन्तिम खेलमा इटलीले अर्मेनियालाई ९–१ गोल अन्तरले हराएको हो । यो इटलीले अहिलेसम्म हात पारेको सबैभन्दा ठूलो जित हो ।
इटलीका लागि ७ खेलाडीले गोल गरे, जसमध्ये सिरो इमोबाइल र निकोलो जोनिओलोले दुईदुई गोल गरे ।
युरोकप छनोटमा उत्कृष्ट प्रदर्शन गरेको इटलीले १० वटै खेले जित्यो र समूह जेको शीर्ष स्थानमा रह्यो ।
प्रतिक्रिया 4