Comments Add Comment

ठमेलको डिस्कोमा सुपुष्पा र आमिरको रोमान्स

केही दिनदेखि ठमेलको एक डिस्कोमा नायक आमिर गौतम र नायिका सुपुष्पा भट्ट रमाइरहेका छन् । वरिपरी रहेका अन्य यूवायूवतीको भिडमा उनीहरु आफ्नै तालमा नाँचिरहेका छन् । उनीहरुलाई आफ्नो वरिपरी को नाचिरहेको छ भन्ने पनि प्रवाहा छैन ।

आमिर सुपुष्पा कहिले अंकमाल गर्छन् त कहिले सुपुष्पासँग रोमान्टिक हुँदा आमिर लजाउँछन् । माथि उल्लेखित दृश्य, रियल लाइफको भने होइन । मंसिर ५ गतेदेखि छायांकन भैरहेको चलचित्र ‘चपली हाइट ३’का लागि यो दृश्य खिचिएको हो ।

निकेश खड्काको निर्देशनमा तयार भैरहेको चलचित्रमा स्वस्तिमा खड्का, महेश त्रिपाठी पनि छन् । नायिका सुपुष्पा भट्टले आफू साथीहरुसँग कहिलेकाही डिस्को आउने गरेको बताइन् । निर्माता अर्जुन कुमार, केटा–केटीको भेट हुने र प्रेम विस्तार हुने दृश्यलाई डिस्कोमा खिचिएको बताउँछन् ।

चैत्र २८ गतेबाट रिलिज हुने यो चलचित्र सस्पेन्स थ्रीलर कथामा निर्माण भैरहेको छ । पुरुषोत्तम प्रधानले चलचित्र खिचिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment