१७ मंसिर, पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को महिला फुटबल प्रतियोगितामा नेपालले विजयी सुरुआत गरेको छ । मंगलबार पोखरास्थित फुटबल मैदानमा भएको खेलमा नेपालले श्रीलंकालाई १–० ले पराजित गरेको हो ।
नेपालका लागि शरु लिम्बुले खेलको ८८ औं मिनेटमा निर्णायक गोल गरिन् ।
सुरुदेखि श्रीलंकालाई दबाबमा राखेको नेपालका लागि खेलको १५ औं मिनेटमा सवित्रा भण्डारीले डिबक्सभित्र पाएको अवसरलाई सही दिशा दिन सकिनन् । श्रीलंकाले खेल अवधिभर रक्षात्मक खेल खेलेका थिए ।
खेलको ३२ औं मिनेटमा निरु थापाले गरेको गोल अफसाइड भन्दै रेफ्रीले मान्यता दिएनन् ।
नेपाली टिम क्यापटेन निरु थापाले खेलको ३८ औं मिनेटमा हानेको प्रहारलाई श्रीलंकाका गोलकिपर अयोमी बिजेराथनाले सहजै रोकिन् ।
प्रतिक्रिया 4