२३ मंसिर, पोखरा । फुटबलर निरु थापाले अन्तर्राष्ट्रिय प्रतियोगिताबाट सन्यास घोषणा गरेकी छन् ।
सोमबार १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को फाइनल खेल खेलेपछि उनले सन्यास घोषणा गरेकी हुन् ।
त्यस्तै नेपाली महिला फुटबल टिमकी सदस्य मनमाया लिम्बुले पनि सन्यास घोषणा गरेकी छन् । सोमबार भारतविरुद्धको खेल २–० ले गुमाउँदै नेपाल साग फुटबलको उपविजेता बनेको छ ।
प्रतिक्रिया 4