Comments Add Comment

बुटवल र भैरहवामा चिसो बढ्यो

शितलहर र हुस्सुले रूपन्देहीको जनजीवन कष्टकर

२ पुस,बुटवल । पुस महिना लागेसँगै रूपन्देहीमा शीतलहर सुरु भएको छ । पश्चिमी वायुको प्रभावले पश्चिम तराईमा शीतलहर चलेसँगै चिसोले जनजीवन थप कष्टकर बनेको छ ।
अन्य समयमा सर्वसाधारणको बाक्लो चहलपहल हुने बुटवलमा केही कमी आएको छ ।

भैरहवामा यस वर्षकै सबैभन्दा कम तापक्रम मापन भएको छ । भैरहवा विमानस्थलको जल तथा मौसम मापन केन्द्रका प्रमुख राममणि मिश्रका अनुसार, यहाँको तापक्रम बिहान ७ डिग्री सेल्सियमा झरेको छ । दिउँसो भने १५ डिग्री सेल्सियससम्म उक्लने केन्द्रका प्रक्षेपण छ ।

उनका अनुसार, चिसो अझै बढ्न सक्ने सम्भावना छ । चिसो बढ्ने भएकाले यसबाट जोगिन उनले सर्वसाधारणलाई आग्रह गरे ।

अस्पतालहरूमा पनि जाडोजन्य रोगका बिरामीको संख्या बढ्दै गएको छ । चिसोमा बाबबालिका तथा बृद्धबृद्धाहरु बढि प्रभाबित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment