
भारत र पाकिस्तानको कथामा थुप्रै चलचित्र बनेका छन् । कतिपय चलचित्रले क्रिकेटको कथा उठाएका छन् भने कतिपय चलचित्रले देशको मुद्दा उठाएका छन् । भारत र पाकिस्तानको कथा पर्दामा उठाउँदा व्यापारिक रुपमा सफल हुन्छन् भन्ने सोच बलिउडकर्मीमा बढेको छ । अब, डान्सको कथामा पनि भारत र पाकिस्तानको कथा प्रवेश गराइएको छ ।
जनवरी २४ मा रिलिज हुन लागेको चलचित्र ‘स्ट्रिट डान्सर थ्रीडी’ले यहि कथालाई उठाएको छ । जहाँ, मुख्य भूमिकामा नायक वरुण धवन र नायिका श्रद्धा कपुर छन् । वरुण र श्रद्धाको टकरावको कथामा यो चलचित्र बनेको छ ।
रेमो डीसुजाको निर्देशनमा तयार भएको यो चलचित्रलाई भुषण कुमारले निर्माण गरेका हुन् । चलचित्रको ट्रेलरलाई आकर्षक बनाइएको छ । वरुण र श्रद्धाको साथमा अन्य कलाकारको डान्स स्टेपले दर्शकको मन जित्न सक्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4