+
+
Shares

किसान पाइप प्रडक्टस् टोलीले गर्‍यो जापानी उद्योगको भ्रमण

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ३ गते ११:०८

३ पुस, काठमाडौं । किसान पाइप प्रडक्टस र जापानको सेकिस्युइ कम्पनीको सहकार्यमा १२ जना नेपालीले जापानको औद्योगिक अवलोकन भ्रमण गरेका छन्।

जापानको ख्यातीप्राप्त अन्तर्राष्ट्रिय ब्राण्ड ‘डुरास्ट्रिम सिपिभिसी’ उत्पादन गर्ने कम्पनी सेकिस्युइसँगको प्राविधिक साझेदारीमा किसान पाइप प्रडक्टस्ले आफ्नो टोली भ्रमणमा पठाएको हो।

नेपालमा किसान ब्राण्डको सिपिभिसी उत्पादन थालेपछि टोलीले जापानको सम्बद्ध उद्योगको अवलोकन गरेको हो। ७ दिने लामो भ्रमणमा टोलीले डुरास्ट्रिम सिपिभिसी निर्माण गर्दा प्रयोग भएको प्रविधि, गुणस्तर कायम गर्न कम्पनीले अपनाएको विधि, ब्राण्डिङ, बजारीकरणबारे जानकारी लिएको थियो।

अन्तरक्रियाका क्रममा सेकिस्युइ सिपिभिसी जनरल म्यानेजर योरीताकायामाउचीले आफ्ना प्रडक्टको बारेमा जानकारी दिएका थिए। किसान पाइप प्रडक्टस्को तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक अजयकुमार पाण्डेले किसान पाइप प्रडक्टस्को बारेमा प्रस्तुतिकरण गरेका थिए। नेपाली टोलीले जापानी टिमलाई ढाका टोपी, ढाकाको खादा लगाएर थान्का उपाहार प्रदान गरेको थियो।

भ्रमण टोलीमा किसान पाइप प्रडक्टसका अध्यक्ष विष्णु प्रसाद पाण्डे, प्रबन्धनिर्देशक अजयकुमार पाण्डे, सञ्चालकहरु भीमलाल पौडेल र राजेन्द्र माडवारी सहित ८ जना किसानका डिलर प्रतिनिधि सहभागी थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?