Comments Add Comment

पर्दामा रणवीरसँग श्रद्धा

नायक रणवीर कपुर यतिबेला चलचित्र ‘ब्रम्हास्त्र’को छायांकनमा व्यस्त छन् । यो चलचित्रको रिलिज मिति अझै तय भएको छैन । तर, रणवीरले नयाँ चलचित्र साइन गरेका छन् । उनले, लभ रञ्जनको निर्देशनमा बन्ने नयाँ चलचित्रमा काम गर्ने पक्का भएको छ ।

यो चलचित्रको नाम अहिलेसम्म तय भएको छैन । तर, चलचित्रका लागि नायिका भने फाइनल भैसकेकी छिन् । यो चलचित्रमा रणवीरको जोडीको रुपमा नायिका श्रद्धा कपुरले काम गर्ने पक्का भएको छ ।

चलचित्रलाई लभ रञ्जन र अंकुरले निर्माण गर्दैछन् । चलचित्रलाई सन् २०२१ को मार्च २६ मा रिलिज गर्ने निर्माणपक्षले बताएको छ । नायक रणवीर कपुर र नायिका श्रद्धा कपुरले एकसाथ चलचित्रमा काम गरेका छैनन् । यसैले, यी दुबै कलाकारका फ्यानका लागि यो खबरले खुशी दिने पक्का छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment