Comments Add Comment

नागरिकता कानूनको विरोधमा भारतमा हिंसात्मक प्रदर्शन

काठमाडौं । नागरिकता सम्बन्धी नयाँ कानूनको विरोधमा भारतमा भइरहेको प्रदर्शनले हिंसात्मक रुप लिन थालेको छ ।

उत्तर प्रदेशमा भएको हिंसाका क्रममा शुक्रबार पाँच जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले पुष्टि गरेका छन् ।

प्रदर्शनकारीले मध्यगञ्जमा रहेका एक प्रहरी कार्यालयबाहिर रोकेर राखिएका गाडी जलाइदिएका छन् । त्यस क्रममा २० जनाभन्दा बढी प्रदर्शनकारी पक्राउ परेका छन् ।

शुक्रबार नयाँदिल्लीको लाल किल्लामा भएको प्रदर्शनबाट १ हजार २ सयभन्दा बढी प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । प्रदर्शनका क्रममा केही सामाजिक अभियन्ताहरु पनि नियन्त्रणमा लिइएको अधिकारकर्मीहरुले जानकारी दिए ।

दिल्लीमा भएको विरोध प्रदर्शन आक्रामक हुँदै गएपछि केही क्षेत्रमा दिउँसो करिब चार घन्टाजति इन्टनेट सेवा समेत नै बन्द गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतमा भइरहेको विरोध प्रदर्शन शुक्रबारसम्म हेर्दा कम्तीमा पनि १० वटा प्रदेशमा जारी छ ।

तर अधिकारीहरुले उत्तर प्रदेश, नयाँ दिल्लीका केही भागहरु, कर्नाटका, गुजरात, तेलङ्गना र मध्यप्रदेशका अधिकांश नगरहरुमा विरोध प्रदर्शन नै गर्न नपाउने गरी निषेधाज्ञा नै जारी गरेको छ । भारतका विभिन्न राज्यमा भएको प्रदर्शनमा प्रहरीले व्यापक धरपकड गरेको छ ।

त्यसैगरी बेङ्गलुरुमा भने सरकारले कˆर्यू नै जारी गरेको छ । यहाँ प्रदर्शनकारीहरुले हिंसा मच्चाउन लागेको भन्दै प्रहरीले निषेधाज्ञा जारी गरेको हो । त्यस स्थानमा बिहीबार प्रहरीको गोली लागेर प्रदर्शनकारीको निधन भएको थियो भने केही घाइते भएका थिए ।

भोलि विहार बन्दको आव्हान

राष्ट्रिय जनता दलले सरकारले ल्याएको नागरिकता सम्बन्धी कानूनको विरोधमा भेलि शनिबार विहार बन्दको आव्हान गरेको छ ।

बन्दको पूर्व संध्यामा राष्ट्रिय जनता दलले शुक्रबार बिहारका सबै जिल्लामा शान्तिपूर्ण जुलूस समेत निकालेको छ ।

नागरिकता संशोधन कानून विभेदपूर्ण

भारतीय कांग्रेसकी नेतृ सोनिया गान्धीले भाजपा सरकारले असहमतिको आवाजलाई दबाउन खोजेको आरोप लगाएकी छिन् ।

प्रजातन्त्रमा जनतालाई सरकारको नीतिविरुद्ध आवाज उठाउने र आˆनो चिन्ता व्यक्त गर्ने अधिकार भएको भन्दै गान्धीले भाजपा सरकारले जनताको आवाजलाई अपमान गरेको छ र असहमतिको आवाजलाई दबाउन शक्ति प्रयोग गरेको बताइन् ।

नागरिकता संशोधन कानून भेदभावपूर्ण रहेको भन्दै नेतृ सोनियाले भनेकी छन्, नोटाबंदीको जस्तै फेरि पनि प्रत्येक व्यक्तिलाई आफू र आˆना पुर्खाहरूको नागरिकता प्रमाणित गर्न लाइनमा उभिनुपर्ने छ ।

नोबेल पुरस्कार विजेता कैलाश सत्यार्थीले प्रधानमन्त्री नरेन्ऽ मोदीलाई वार्ताको माध्यमबाट समस्या समाधान गर्न विद्यार्थी र युवाहरूसँग वार्ता गर्न आग्रह गरेका छन् ।

मोदीले सामना गरेको ठूलो विरोध

भारतीय प्रधानमन्त्री नरेन्ऽ मोदीले यो पछिल्लो निर्णयका कारण अहिलेसम्मकै सबैभन्दा कडा र ठूलो संख्यामा नागरिक सहभागी भएको विरोध खेप्नुपरेको बताइएको छ । सो कानून पारित हुनुअघि नै विशेषगरी आसाममा निकै धेरै संख्याका नागरिक उपस्थित भएर विरोध गरेका थिए । तर सो विरोधको वास्ता नगरी सरकारले कानून पारित गरेपछि यहाँका विपक्षीहरूको समेत तीव्र विरोध भएको हो ।

बिहीबार सरकारले विभिन्न क्षेत्र र प्रदेशमा विरोध जुलुश नै निकाल्न नपाउने गरी प्रतिबन्ध लगाएको थियो । हवाई अधिकारीहरुका अनुसार बिहीबारको विरोध प्रदर्शनको क्रम आक्रामक बन्दै गएपछि मुख्य सडकहरु बन्द भएका र यसका कारण दिल्लीको हवाई सेवा पनि प्रभावित भएको थियो ।

प्रमुख विपक्षी दल भारतीय काँग्रेसले यो विरोध प्रदर्शनमा प्रहरीले गरेको व्यापक धरपकडका साथै विभिन्न स्थानमा गरिएका निषेधाज्ञाले सरकारलाई लाज लाग्नुपर्ने बताएको छ । तर प्रधानमन्त्री नरेन्ऽ मोदीले भने यस्ता विरोध प्रदर्शनको कुनै अर्थ नरहेको भन्दै विरोधका कामलाई राजनीतिकरण नगरी शान्त रहन सबैलाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment