Comments Add Comment

तामाङ घेदुङ पर्साको अध्यक्षमा पाख्रिन

५ पुस, काठमाडौं । नेपाल तामाङ घेदुङ पर्साको अध्यक्षमा ङेमा लामा पाख्रिन (निमा) चयन भएका छन् । ठोरी गाउँपालिका-४ आठघरेमा शुक्रबार सम्पन्न जिल्ला भेलाले घेदुङ पर्साको अध्यक्षमा लामालाई चयन गरेको हो ।

घेदुङको उपाध्यक्षमा कान्छीमाया लामा, कोषाध्यक्षमा सानुकान्छी तामाङ, सचिवमा बुद्धिलाल पाख्रिन चयन भएका छन् । कालुमान लोप्चन, हस्तबहादुर तामाङ, सुनिता रुम्बा, सागर दोङ लगायत सदस्यमा बनेका छन् ।

एक उपाध्यक्ष र केही सदस्य पछि चयन गर्ने गर्ने गरी जिल्ला भेला सम्पन्न भएको घेदुङका पूर्वअध्यक्ष अष्ट लोप्चनले जानकारी दिए ।

जिल्ला भेलामा नेपाल तामाङ घेदुङ प्रदेश २ का सचिव रामबहादुर ग्लान, ठोरी गाउँपालिकाकी उपाध्यक्ष शान्तिमाया थिङ, वडाध्यक्षहरु किशोर तामाङ, सूर्य लामा, बईबहादुर तामाङले शुभकामना मन्तव्य राखेका थिए । पर्सा जिल्लाको ठोरी गाउँपालिकामा तामाङ समुदायको बाहुल्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment