Comments Add Comment

म भाइरलको पछि कहिले पनि लाग्दिनँः अर्जुन पोखरेल

अर्जुन पोखरेल अहिलेका व्यस्त संगीतकार हुन् । उनले संगीत भरेका धेरै गीतहरु चर्चामा छन् । तर, कहिलेकाही अर्जुनले तयार पारेका संगीतले आलोचना पनि भोग्छन् । हालै, अर्जुनले संगीत भरेको चलचित्र ‘लभ डायरिज’मा समावेश ‘छमछम’ बोलको गीतलाई लिएर आलोचना भयो ।

विशेषगरि, यो गीतको एउटा पाटोमा बाल लोक–गायिका कमला घिमिरेको स्वर पनि समावेश गरिएको छ । कमलाको स्वरलाई चर्चाकै लागि प्रयोग गरिएको देखिन्छ । पत्रकारले यो पाटोको आलोचना गर्दै गर्दा अर्जुनले भने–‘कोही मान्छे भाइरल छ भन्दैमा म पछि हुन्नँ, तर भाइरल पनि छ र प्रतिभा पनि छ भने म पछि हुन्छु । कमला घिमिरेको प्रतिभा नेपालका चलेका लोकदोहोरी गायक–गायिकाको भन्दा पनि अगाडि हुन सक्छ ।’

उनले, कथाले मागेको खण्डमा गीतमा प्रयोग गर्दा कसरी वेइज्जत हुन्छ भनेर उल्टै प्रश्न पनि गरे ? उनले भने–‘यदि, निर्माताको कुरामा पनि कन्भिन्स छु र गीत तयार गरेको छु भने यसमा कसरी वेइज्जत हुन्छ र ? हामी जस्तो गीतमा नाचेपनि बिहेको समयमा अन्तिममा लोक गीतमा नै नाँच्छौ ।’

नेपाली चलचित्रका धेरै मेकरले हिजोआज कथामा विश्वास गर्न छाडेका छन् । धेरैलाई प्रचारका लागि आफ्नै टिम भन्दा पनि सामाजिक संजालमा भाइरल भैरहेका व्यक्तिहरुको साथ चाहिएको छ । अर्जुनले तयार पारेको यो गीतमा कमला घिमिरेको स्वर यसैका लागि मात्र प्रयोग गरिएको कुरामा त दुइमत छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment