२१ पुस, काठमाडौं । मलेसियाले नेपालसँग तीनवटा एकदिवसीय क्रिकेट खेल्ने भएको छ ।
सुनसरीको इनरुवामा भइरहेको दोस्रो संस्करणको एमएम कप एकदिवसीय राष्ट्रिय क्रिकेट खेल्न मलेसियाको राष्ट्रिय टोली नेपाल आउँदैछ । त्यस क्रममा पोखरामा नेपाली टिमसँग तीनवटा एक दिवसीय क्रिकेट खेल्ने नेपाल क्रिकेट संघले जनाएको छ ।
एमएम कपमा सहभागी हुन मलेसियाको टोली पुस २४ गते नेपाल आउँदैछ । नेपाली टोलीसँग खेल कहिले हुने भन्ने तय भइनसकेको संघले जनाएको छ ।
विश्वकप लिग २ अन्तर्गत नेपालले फेब्रुअरी ५ देखि १२ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिका र ओमान सम्मिलित त्रिकोणात्मक सिरिज खेल्दैछ । त्यसका लागि नेपाली टोली पोखरामा बन्द प्रशिक्षण रहनेछ । त्यसै अवसरमा नेपाल र मलेसियाबीच पोखरामा खेल हुन लागेको हो ।
प्रतिक्रिया 4