
फाइल फोटो ।
२३ पुस, काठमाडौं । दोलखामा ट्याक्टर अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भिमेश्वर नगरपालिका-३ बसपार्क नजिकै डेरा गरी बस्ने रामेछाप नगरपालिका-४ घर भएका २२ वर्षीय यमराज मगर रहेका छन् ।
दोलखाको भिमेश्वर नगरपालिका-३ स्थित सडकमा ना.६ त १८१३ नम्बरको ट्याक्टर मंगलबार राति अनियन्त्रित भई दुर्घटना हुँदा मगर गम्भीर घाइते भएका थिए । मगरको धुलिखेल अस्पताल काभ्रेमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4