+
+
Shares

नेपाल प्रहरीका सईविरुद्ध भ्रष्टाचारको मुद्धा

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २५ गते १५:२९

२५ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा प्रहरी नायव निरीक्षक कालीचरण पंजियारविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको छ ।

सवारी दुर्घटनामा क्षतिपूर्ति दिलाई दिए बापत सेवाग्राहीसँग १५ हजार घुस लिएको भन्दै धनुषाको इलाका प्रहरी कार्यालय यज्ञभूमि (धारापानी) मा कार्यरत पंजियारविरुद्ध मुद्धा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

क्षतिपूर्ति दिलाइ दिएवापत घुस मागेको भन्ने सूचनाको आधारमा पंजियारलाई नियन्त्रणमा लिएर आयोगले अनुसन्धान गरेको थियो ।

अनुसन्धानको क्रममा पंजियारले घुस लिएको तथ्य फेला परेकोले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम जरिवाना र कैद सजायको माग दाबीसहित शुक्रबार मुद्धा दायर गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?