Comments Add Comment

आकाश भन्छन्–‘पलले पूजासँग रोमान्स गर्दा मैले आफूलाई देखेँ’

नायक पल शाह र नायिका पूजा शर्माले अभिनय गरेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ फागुणको २३ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रको ‘तिम्रो घरको वरिपरी र दुखको काँडा’ बोलको गीत दर्शकमाझ हिट भैसकेका छन् । यसैले पनि यी दुबै गीतको सफलताले चलचित्रको व्यापारमा ठूलो असर पर्ने अपेक्षा गर्न सकिन्छ ।

तर, नायक आकाश श्रेष्ठले भने चलचित्रको रोमान्टिक गीतमा आफूलाई मिस गरेको बताएका छन् । चलचित्रको ‘तिम्रो घरको वरिपरी’ बोलको गीतमा आफूलाई कती मिस गर्नुभयो भन्ने पत्रकारको प्रश्नमा आकाशले भने–‘मिस त भैहाल्छ नी । पूजा र मैले लगातार चौथो चलचित्रमा काम गरेका छौ । आफूसँगै काम गरेको नायिका अरु नायकसँग देखिदा खुशी पनि लाग्छ, मिस पनि हुन्छ ।’

आकाश यत्तीमा मात्र रोकिएनन् । उनले अगाडि भने–‘कतिपय दृश्यमा त मैले पलमा आफूलाई पनि देखेँ । पलले पनि कतिपय स्थानमा त मेरै अभिनय गर्नुभएको छ । म पल र पुजालाई शुभकामना दिन चाहन्छु ।’

पूजा र आकाशले ‘रामकहानी, पोई पर्यो काले, सम्हालिन्छ कहिले मन, संझना विर्सना’मा काम गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment