Comments Add Comment

मेलवर्न स्टार्सको दशौं जित

काठमाडौं । बिस बास लिग (बीबीएल)को शीर्ष टिम मेलवर्न स्टार्सले दशौं जित हात पारेको छ ।

शनिबार भएको खेलमा मेलबर्नले पर्थ स्कोर्चर्सलाई १० रनले हराएको हो ।

स्टार्सको यो दशौं जित हो र एक मात्र खेल हारेको स्टार्स २० अंकसहित शीर्ष स्थानमा छ ।

स्टार्सले १४१ रनको सामान्य लक्ष्य डिफेन्ड गर्‍यो । स्टार्सले दिएको १४१ रनको लक्ष्य पछ्याएको पर्थले २० ओभरमा ९ विकेट गुमाएर १३१ रन मात्र बनाउन सक्यो । पर्थका लागि क्यामरुन ब्यानक्रˆटले सर्वाधिक ३२ रन बनाए ।

स्टार्का लागि निक म्याडिसनले सर्वाधिक ३ विकेट लिँदा सन्दीप लामिछानेसँगै कप्तान ग्लेन म्याक्सवेल, ड्यानिएल वोरल र क्लिनच हिनलिफले १-१ विकेट लिए । ४ ओभर बलिङ गरेका सन्दीपले २९ रन खर्चिए ।

त्यसअघि मेलवर्न क्रिकेट ग्राउण्डमा टस जितेर पहिले ब्याटिङ गरेको मेलवर्न स्टार्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४१ रन बनाएको थियो । ओपनर हिल्टन कार्टराइडले अर्धशतक बनाएपछि स्टार्सले मध्यम स्कोर बनाएको थियो । कार्टराइटले ५६ बल खेल्दै ७ चौकाको मद्दतमा अविजित ५८ रन बनाए भने कप्तान ग्लेन म्याक्सवेलले २५ र निक लार्किनले २४ रन बनाए ।

पर्थका लागि म्याट केलीले ३ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment