Comments Add Comment

शीतलहर प्रभावित गर्भवति र सुत्केरीलाई ‘विन्टराइजेसन किट’

५ माघ, वीरगञ्ज । पुस महिनाको पहिला सातादेखि नै तराई मधेसका जिल्लामा शीतलहर चलिरहेको छ । छिटपुट घाम लाग्न सुरु भए पनि चिसो घटेको भने छैन । शीतलहरले तराई मधेसको दैनिक जनजीवनमा असर पार्ने गरेको छ ।

शीतलहरले विशेष गरेर वृद्धवृद्धा, सुत्केरी गर्भवति महिला तथा बालबालिकाहरुलाई धेरै प्रभाव पार्छ । यही कुरालाई मध्य नजर गरेर दिव्य युवा क्लब पर्साले ३ सय जना गर्भवति तथा सुत्केरी महिलालाई न्यानो कपडा वितरण गरेको छ ।

पटेर्वा सुगौली गाउँपालिका, पोखरीया नगरपालिकाको वडा नं. ७ र ८, पकाहा मैनपुर गाउँपालिका वडा नं. ३ पकाहा र विन्दवासिनी गाउँपालिकाको वडा नं. ५ प्रसौनी भाठ्ठाको बट्सौरा भेलाहामा न्यानो कपडा वितरण गरिएको हो ।

स्थानीय अधिकार कार्यक्रम संचालनमा रहेको स्थानका गर्भवति र सुत्केरी महिलालाई १ थान कम्बल सहित ‘विन्टराइजेसन किट’ (कम्बल, ज्याकेट, पछ्यौरा) प्रदान गरिएको दिव्य युवा क्लबका कार्यक्रम निर्देशक रामाकान्त पटेलले बताए ।

पटेर्वासुगौलीमा १ सय ५८, पकाहामैनपुर-३ पकाहामा ४८ जना, विन्दबासिनी- ५ भेलाहा, बट्सौरामा ३९ जना, पोखरीया ७ दलितटोल र ८ मननपुरमा क्रमशः २१ र ३४ जनालाई न्यानो कपडा वितरण गरिएको दिव्य युवा क्लबले जनाएको छ ।

पहिला समुदाय स्तरमा गर्भवति र सुत्केरी महिलाको तथ्याङ्क संकलन गरेर स्थानीय पालिकाबाट स्वीकृति लिएर मात्रै न्यानो कपडा वितरण गरिएको स्थानीय अधिकार कार्यक्रम संयोजक कोपिला चौलागाईले जानकारी दिइन् ।

एक्सन एड नेपालको सहयोगमा दिव्य युवा क्लबले पर्सामा स्थानीय अधिकार कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment