Comments Add Comment

युनाइटेडलाई हराउँदै लिभरपुलले बनायो १६ अंकको अग्रता

६ माघ, काठमाडौं । लिग लिडर लिभरपुलले प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडलाई हराउँदै १६ अंकको अग्रता बनाएको छ । आइतवार घरेलु मैदानमा भएको खेलमा लिभरपुलले म्यानचेष्टर युनाइटेडलाई २–० ले पराजित गरेको हो ।

एनफिल्डमा भर्जिल भाइन डाइक र मोहम्मद सालाहले एक–एक गोल गरे । लिभरपुलले लगातार सात खेलमा क्लिनसिटसमेत राखेको छ ।

खेलको १४ औं मिनेटमा ट्रेन्ट अलेक्जान्डर आर्नोल्डको कर्नरमा भर्जिल भान डाइकले हेडमार्फत गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।

२५औं मिनेटमा लिभरपुलले अग्रता दोब्बर पारेको थियो । तर रोवर्टो फिर्मिनोले गरेको गोल भीएआरबाट मान्य भएन ।

पहिलो हाफमा एक गोलले पछि परेको युनाइटेडले दोस्रो हाफमा सुधारिएको खेल प्रदर्शन गरेको थियो । तर, गोल फर्काउन सकेन । इन्जुरी टाइमको तेस्रो मिनेटमा सलाहले गोल गर्दै लिभरपुलको जित पक्का गरे । उनल गोलकिपर एलिसन बेकरको लामो पास उपयोग गर्दै गोल गरेका हुन् ।

लिगमा युनाइटेडविरुद्ध सलाहले गरेको हो पहिलो गोल हो । उनले प्रिमियर लिगमा खेलेका २४ मध्ये २३ क्लबविरुद्ध गोल गरेका छन् । स्वान्सी सिटीविरुद्ध मात्र सलाहले गोल गर्न सकेका छैनन् ।

जितपछि लिभरपुलले २१ खेलबाट ६४ अंक जोडेको छ । जुन दोस्रो स्थानको म्यानचेष्टर सिटीभन्दा १६ अंकले बढी हो । लिभरपुलले अझै सिटीभन्दा एक खेल कम खेलेको छ ।

लिभरपुलले युनाइटेड भन्दा ३० अंकले अघि छ । २३ खेलबाट ३४ अंक रहेको युनाइटेड पाँचौं स्थानमै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment