Comments Add Comment

सभामुखमा अग्नि सापकोटाको उम्मेदवारी दर्ता

७ माघ, काठमाडौं ।नेकपाका सांसद् अग्निप्रसाद सापकोटाले सभामुखका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

मंगलबार बिहान सुवास नेम्वाङको प्रस्ताव तथा देव गुरुङ, लक्ष्मणलाल कर्ण र ओनसरी घर्तीको समर्थनमा सापकोटाले आफ्नो उम्मेदवारी  दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्तालगत्तै संक्षिप्त प्रतिक्रिया दिँदै सापकोटाले जननिर्वाचित संस्थालाई थप गरिमामय बनाउन भूमिका खेल्ने बताए ।

यौन दुव्र्यवहारको आरोपमा कृष्णबहादुर महराले राजीनामा दिएपछि गत असोजदेखि सभामुख खाली भएको थियो । यद्यपि, नेकपाभित्रको आन्तरिक किचलोका कारण लामो समयदेखि सभामुख निर्वाचन प्रक्रिया अघि बढ्न सकेको थियो । सत्तारूढको यो कार्यशैलीको चर्को आलोचनासमेत भएको थियो । लामो अन्योलता चिर्दै नेकपाले अग्निलाई उम्मेदवार बनाउने निर्णय गरेसँगै संसद् सचिवालयले प्रक्रिया थालेको हो ।

सभामुख निर्वाचनमा कांग्रेस भने सहभागी नहुने भएको छ । कांग्रेस संसदीय दलको मंगलबार बिहान बसेको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको हो ।

योसँगै सभामुखमा सापकोटाको मात्रै एकल उम्मेदवारी हुने भएको छ ।

शिवमाया तुम्बाहाङफेले उपसभामुखबाट राजीनामा दिएपछि यो पद पनि रिक्त छ । यसको निर्वाचन प्रक्रिया भने माघ १२ पछि  मात्रै सुरु हुने बताइएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment