+
+
Shares

माछापुच्छ्रे क्यापिटलले पायो प्रत्याभूति तथा परामर्श सेवाको अनुमति

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ८ गते १९:०९

८ माघ, काठमाडौं । चेम्बर भवन, जमल, काठमाण्डौमा मुख्य कार्यालय रहेको माछापुच्छे« क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डवाट धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) को रुपमा धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन र संस्थागत परामर्श सेवाको कार्य गर्न अनुमति प्राप्त गरेको छ ।

यस अनुमति पश्चात माछापुच्छ्रे बैंक लिमिटेड को पूर्ण स्वामित्व रहेको सहायक कम्पनी माछापुच्छे« क्यापिटल लिमिटेड पनि मर्चेन्ट व्यवसायमा प्रवेश गरेको छ ।

चुक्ता पूँजी २० करोड रहेको यस माछापुच्छे« क्यापिटल लि.ले उपरोक्त सेवाहरु प्रदान गर्नका लागि सम्पुर्ण तयारी गरिसकेको र निकट भविष्यमा सेवा सुचारु गर्ने व्यहोरा क्यापिटलका अध्यक्ष सन्तोष कोइरालाले जानकारी गराए ।

यस संस्थाले निक्षेप सदस्यको रुपमा सेवा प्रदान गर्नुका साथै भविष्यमा म्युचयल फण्ड, भेन्चर क्यापिटल, प्राइभेट इक्वीटी लगायतका सेवाहरु प्रदान गर्ने समेत जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?