+
+
Shares

नेपालमा खिचिएको हलिउड फिल्म ‘तेन्जिङ’ को प्रदर्शन मिति तय

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १४ गते १३:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हलिउड फिल्म ‘तेन्जिङ’ यही असोज २३ गते (९ अक्टोबर) मा प्रदर्शन हुँदै छ।
  • एप्पलद्वारा निर्मित यो चलचित्रमा तेन्जिङ नोर्गे शेर्पाको भूमिकामा गेन्डेन फुन्टसोक र एडमन्ड हिलारीको भूमिकामा टम हिडल्टसनले अभिनय गरेका छन्।
  • नेपालका विभिन्न स्थानमा छायांकन गरिएको यो फिल्मले नेपालभित्र १५ करोड रुपैयाँ खर्च गरेको बताइएको छ।

काठमाडौं । पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाबारेको हलिउड फिल्म ‘तेन्जिङ’को प्रदर्शन ९ अक्टोबरमा हुने भएको छ । नेपालमा छायांकन भएको यो फिल्ममा शेर्पाको भूमिकामा गेन्डेन फुन्टसोक र एडमन्ड हिलारीको भूमिकामा टम हिडल्टसनले अभिनय गरेका छन् ।

प्रविधि कम्पनी एप्पलले यो फिल्म निर्माण गरेको हो । एप्पल प्लसमा चाहिँ १६ अक्टोबरमा आउनेछ । यो फिल्मलाई सगमाथा क्षेत्र, मुस्ताङ, काठमाडौं र भक्तपुर, तनहुँको बन्दीपुरमा छायांकन गरिएको छ ।

नेपाली अभिनेत्री थिन्ले ल्हामोले यो फिल्ममा पहिलो सगरमाथा आरोही तेन्जिङकी पत्नी दावाको भूमिका निर्वाह गरेकी छन् ।

‘शेर्पा’ र ‘माउण्टेन’जस्ता चर्चित डकुमेन्ट्री निर्देशन गरेकी जेनिफर पिडमले यो फिल्मको निर्देशन गरेकी छन् । फिल्मको नेपाल छायांकन होल्डिलेस आउटडोर, फिल्म डेस्टिनेसन नेपाल र फिल्म क्रूले संयोजन गरेका थिए । नेपाल छायांकनमा चर्चित नेपाली छायांकार विष्णु कल्पितले काम गरेका थिए ।

तर, यो फिल्मले नेपाल छायांकनका लागि ‘टासी’ नामबाट छायांकन अनुमति लिएको थियो । नेपालमा छायांकन गर्दामात्र यसले १५ करोड रुपैयाँ नेरु खर्च गरेको बताइएको छ ।

शेर्पा र न्युजिल्याण्डका एड्मण्ड हिलारीले सन् १९५३ मा पहिलोपटक सगरमाथा आरोहण गरेका थिए । आरोहणको नेतृत्व तेन्जिङले गरेका थिए । यो फिल्ममा हिडल्स्टनले हिलारी र डफोईले अंग्रेज आरोहण दलका नेता कर्णेल जोन हन्टको भूमिका निर्वाह गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?