Comments Add Comment

ग्लोबल आइएमई बैंकद्वारा वित्तीय साक्षरताका लागि साइकल र्‍याली

११ माघ, काठमाडौं । ग्लोबल आईएमई बैंकले आफ्नो तेह्रौं बाषिर्कोत्सवको अवसरमा वित्तीय साक्षरताको लागि साइकल र्‍याली तथा गोष्ठीको आयोजना गरेको छ ।

बैंकले शनिबार वित्तीय साक्षरतातथा नेपाल भ्रमण वर्ष २०२० कोप्रचार/प्रसारसम्बन्धी विभिन्न सन्देशमुलक प्लेकार्डसहित कान्तिपथ शाखाबाट सुरु भई लैनचौर, सोह्रखुट्टे, छाउनी, हलचोक, इचंकुनारायण हुँदै रामकोट नागार्जुन स्थित जनउद्धार माविसम्म साइकल र्‍यालीको आयोजना गरेको छ ।

र्‍यालीमा १५० जनाभन्दा बढीको सहभागीता रहेको थियो ।

र्‍याली समापन समारोहमा प्रमुख अतिथि नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेत, जनउद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक रवि खनाल, नागार्जुन नगरपालिका वडा नं. ५का वडा अध्यक्ष महेश रिमाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुकुन्द खनाल तथा ग्लोबल आइएमई बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मीले बैंकिङ्ग साक्षरता सम्बन्धी मन्तब्य राखे ।

सोही अबसरमा बैंकले विद्यालयलाई १ थान हेभी ड्युटी फोटोकपी मेसिन र शैक्षिक सामाग्रीहरु प्रदान गरेको छ ।

नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेत र बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मीले फोटोकपी मेसिन र शैक्षिक सामाग्रीहरु संयुक्त रुपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुकुन्द खनाल र प्रधानाध्यापक रवि खनाललाई हस्तान्तरण गरे ।

यसै गरी शुक्रबार बैंकको डुम्रे शाखामार्फत तनहूँ जिल्लाकोे भानु नगरपालिका फुस्रेटार स्थित भानु संस्कृत माध्यमिक विद्यालयमा बैंकिङ्ग साक्षरता कार्यक्रम सम्पन्न गरिएको छ ।

भानु नगरपालिकाका मेयर उदयराज गौलीको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा भानु नगरपालिकामा रहेका ७ विद्यालयका शिक्षकहरु र विद्यार्थी गरी करिब ३०० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा जनरल बैंकिङ्ग तथा डिजिटल बैकिङ गरी दुई वटा साक्षरता कक्षा संचालन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment