+
+
Shares

सानेपामा नेविसंघका विद्यार्थी नेताबीच झडप, दुई घाइते

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १३ गते १५:४३

१३ माघ, काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको दुई समूहबीच झडप भएको छ । कांग्रेस पार्टी कार्यालय सानेपामा नेविसंघका दुई समूहबीच झडप भएको हो ।

घटनामा दुई जना घाइते छन् । घाइते हुनेमा कमल पन्त र लक्ष्मी बोगटी रहेको नेविसंघका नेता विकास भण्डारीले बताए । उनीहरुलाई उपचारका लागि सानेपास्थित स्टार हस्पिटल लगिएको भण्डारीले जनाए ।

कांग्रेस सभापति शेरबहादुर देउवा पार्टी कार्यालय पुगेलगत्तै नयाँ कार्यसमिति गठन गर्दा उमेर हद लागु गर्न माग गर्दै अनशन बसेका विद्यार्थीले नाराबाजी गरेका थिए । उनीहरुले विधान कार्यान्वयन गर भन्दै नारा लगाएका थिए ।

झडप संस्थापन पक्ष र कुन्दन काफ्ले पक्षका विद्यार्थी नेताबीच भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?