Comments Add Comment

चुकन्दर कति स्वस्थ्यवर्द्धक ?

सलादको रुपमा धेरैले चुकन्दर सेवन गर्छन् । गाढा रातो रंगको चुकन्दर सलगम जस्तै हुन्छ । चुकन्दर रातो हुन्छ । यसले शरीरमा रगतको मात्रा बढाउन सहयोग गर्छ । यसमा आइरन पाइन्छ । आइरनका साथै यो भिटामिन सिको राम्रो स्रोत हो । यसको नियमित सेवनले भिटामिन ए, बी, बी-१, बी-२, बी-६ र भिटामिन सिको पूर्ति गराउँछ ।

धेरैलाई थाहा छैन कि, चुकन्दरमा फलाम तत्व अधिक हुँदैन । तर, यसबाट प्राप्त हुने फलाम तत्व उच्च गुणवत्ता हुन्छ । जसले रक्र निर्माण्मा विशेष महत्वपूर्ण भूमिका खेल्छ । यहि कारण चुकन्दर चुकन्दरको सेवनले शरीरको अनेकौ हानिकारक पदार्थ बाहिर निकाल्न फाइदाजनक मानिन्छ ।

पात पनि फाइदाजनक

चुकन्दरको पात पनि निकै फाइदाजन मानिन्छ । चुकन्दरको पातमा फलको तुलनामा धेरै मात्रामा फलाम तत्व पाइन्छ । पत्तामा भिटामिन ए पनि भरपुर मात्रामा पाइन्छ ।

पातको सेवनले पनि शरीरको विकारयुक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्छ । यसले प्राकृतिक क्लिन्जरको रुपमा काम गर्छ । चुकन्दरमा पोटाशियम, सोडियम, क्याल्शियम, म्यानिज, फाइबर आदि पर्याप्त हुन्छ ।

सुपाच्य खाद्य पदार्थ भएकाले चुकन्दरको सेवनले पर्याप्त उर्जा पनि प्रदान गर्छ ।

चुकन्दरको गाढा रातो रंग के हो ?

हेर्दै रहरलाग्दो गाढा रातो रंग हुन्छ, चुकन्दरको । आम बुझाई छ, यो रातो रंग फलाम तत्वको प्रचुरताको कारण हुन्छ । यद्यपी सत्य के हो भने, चुकन्दरको गाढा रातो रंग यसमा पाइने एक रंगकण अर्थात बीटा सायनिनको कारण हुन्छ । चुकन्दरमा पाइने फोलिक एसिड, पोटेशियम वा मुलायम रेशाले पनि यसको पौष्टिक गुणलाई बढाउँछ ।

एन्टी अक्सिडेन्ट गुणको कारण यो रंगकण स्वास्थ्यका लागि एकदमै राम्रो मानिन्छ ।

चुकन्दरमा पाइने फोलिक एसिड, पोटेशियम वा मुलायम रेशाले पनि यसको पौष्टिक गुण बढाउँछ । चुकन्दरको नियमित सेवनले सम्पूर्ण शरीरलाई निरोगी राख्छ ।

हाल हाम्रो दैनिक आहारमा चुकन्दरले उचित स्थान पाएको छैन । यद्यपी नियमित रुपमा यसको सेवनले कतिपय रोग निर्मूल हुन्छ । साथसाथै यो सौन्दर्यको पनि खजना हो । यसले हेमोग्लोबिन बढाउँछ, फलत अनुहारको चमक बढ्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment