Comments Add Comment

ह्याकाथन प्रतियोगितामा ५ समूह फाइनलमा

२० माघ, बुटवल । बुटवलमा जारी नवौं संस्करणको सूचना प्रविधि मेला (क्यान ईन्फोटक) को १ लाख दर्शकले अवलोकन गरेका छन् । मेलाको चौथो दिनसम्म १ लाख दर्शक मेला स्थलमा पुगेका हुन् । मेलाको मंगलबार समापन हुँदैछ ।

इन्फोटेकमा आइतबारदेखि शुरु भएको ओभरनाइट ह्याकाथन प्रतियोगितामा ५ समुह फाइनलका लागि छनोट भएका छन् ।

हार्ड कोरिङमार्फत सफ्टवेयर/एप्लिकेशन बनाउने २४ घण्टे प्रतियोगिता (ओभरनाइट ह्याकाथुन)को पहिलो चरणबाट आरदिसी लेक, एफ सोसाइटी, एन्सीपिटिपि, पाइरोड डटकम, ह्वाइट स्याडो अघिल्लो चरणका लागि छनोट भएको क्यान रुपन्देहीले जनाएको छ । दोस्रो चरणको लागि छनोट भएका ५ टिमबाट निर्णायकले बिजेता चयन गर्ने र उनीहरुलाई मेला समापनका अबसरमा पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

उपत्यका बाहिर पहिलो पटक आयोजना गरिएको ह्याकाथनमा १६ टिमले सहभागिता जनाएका थिए ।

क्यान रुपन्देहीको आयोजना सञ्चालित नेपथ्य ओभरनाइट ह्याकाथन तिलोत्तमा नगरपालिका र नेपथ्य कलेजको सहयोग तथा सिएसआईटि एशोसियसन रुपन्देहीको सहकार्यमा सञ्चालनमा आएको क्यान महासंघ रुपन्देहीका सहसचिव सुरेश भट्टराईले बताए । प्रतियोगितामा ५४ जना आईटीका विद्यार्थीहरु सहभागी छन् ।

ह्याकाथन आइतबार मध्यान्न १२ बजेदेखि सुरु भइ सोमबार मध्यान्न १२ बजेसम्म चलेको थियो । प्रतियोगितामा प्रथम हुने टिमलाई ५० हजार, द्वितीय हुने टिमलाई २० हजार र तृतीय हुने टिमलाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने क्यान रुपन्देहीका अध्यक्ष तथा मेला आयोजक मुल समिति संयोजक रामुदेव गौतमले जानकारी दिए ।

बुटवल बहुमुखी क्याम्पसको खेल मैदानमा माघ १७ देखि मेला शुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment