+
+
Shares
वुहानमा रहेका नेपालीका अभिभावकसँग परराष्ट्रमन्त्री :

‘डब्लूएचओको मापदण्ड पूरा गर्दैछौं, उद्धारको मिति तोक्न बाध्य नबनाउनुस्’

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २४ गते १४:४९

२४ माघ, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को मापदण्ड पूरा नभएका कारण वुहानमा रहेका नेपालीहरुको उद्धारमा ढिलाइ भइरहेको स्वीकार गरेका छन् ।

वुहानमा रहेका विद्यार्थीका अभिभावकले छोराछोरीलाई उद्धार गर्न सरकारलाई दबाब दिइरहेका छन् । बिहीबार स्वास्थ्य मन्त्रालयमा धर्ना दिएका उनीहरुले शुक्रबार गृहमन्त्री रामबहादुर थापा बादल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई छुट्टाछुट्टै भेटेका थिए । उनीहरुले आफ्ना छोराछोरीलाई कहिले उद्धार गर्ने मिति तोक्न आग्रह गरेका थिए ।

जवाफमा मन्त्री ज्ञवालीले उद्धारका लागि सरकारको काम गरिरहेको भन्दै मिति तोक्न बाध्य नबनाउन आग्रह गरे । उनकाअनुसार वुहानमा रहेका नेपालीहरुको उद्धारका लागि अहिले नेपालमा डब्लूएचओको मापदण्डअनुसार संरचना तयार भएको छैन ।

डब्लूएचओको मापदण्डअनुसार उनीहरुलाई राख्ने क्वारेन्टाइन मात्र भएर नहुने, आइसोलेसन वार्ड, उपचार गर्ने स्वास्थ्यकर्मी सबै तयार हुनुपर्ने भन्दै उनले भने, ‘डब्लूएचओको मापदण्ड पूरा गर्न काम गरिरहेको छौं ।’

वुहानमा रहेका नेपालीहरुको दुःखबारे सरकार गम्भीर रहेको र प्रधानमन्त्रीले समेत चार पटक बैठक राखेको भन्दै उनले केही समय दिन आग्रह गरेका छन् ।

वुहानमा रहेका नेपालीहरुलाई पठाइदिन चीनलाई आग्रह गर्दा पनि तयारी पूरा गर्न आग्रह गरेको उनले सुनाए ।

वुहानमा रहेका १८० जनाले उद्दार गरिदिन वेइजिङस्थित नेपाली दूतावासमा आग्रह गरेका छन् । उनीहरुलाई अहिलेसम्म कोरोना संक्रमण देखिएको छैन ।

तर चीनमा कोरोनो संक्रमण फैलिरहेको खबर सुनेर कोठामा एक्लै बस्नु त्रासमा छन् । उनीहरुले आफूहरुलाई छिटो उद्धार गर्ने वातावरण बनाइदिन हारगुहार गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?