+
+
Shares

गृहमन्त्रीले आईजीपीलाई भने– पाँच वर्षमा हुन नसकेका काम पाँच महिनामा हुनसक्छ

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २९ गते १५:५६

२९ माघ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीलाई सफल कार्यकालको शुभकामना दिएका छन् ।

प्रहरी नायब महानिरीक्षक (डीआईजी) बाट महानिरीक्षक (आईजीपी) मा बढुवा भएपछि ज्ञवाली बुधबार दिउँसो गृहमन्त्री थापालाई भेट्न सिंहदरबारस्थित गृह मन्त्रालय पुगेका थिए । यसअघि उनलाई गृहसचिव महेश्वर न्यौपानेले दर्ज्यानी चिन्ह लगाइदिएका छन् ।

गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईका अनुसार भेटमा थापाले राज्यले विश्वास गरेर ज्ञवालीलाई जिम्मेवारी दिएको बताएका छन् । साथै, ज्ञवालीले इमान्दारितापूर्वक जिम्मेवारी निर्वाह गर्ने पनि गृहमन्त्री थापाले विश्वास लिएको बताएका छन् ।

‘चुनौतीहरु थुप्रै छन्, कतिपय काम पूरा गर्न बाँकी छन्, ती सफलतापूर्वक सम्पन्न गर्नुहुनेछ भन्ने अपेक्षा छ’, थापाको भनाइलाई उदृत गर्दै भट्टराईले भने, ‘गृहमन्त्रीका रुपमा तपाईंलाई पूर्ण सहयोग हुनेछ ।’

थापाले सहकर्मीहरुलाई साथमा लिएर एकतावद्ध भएर काम गर्न पनि निर्देशन दिएका छन् । ‘तपाईंको कार्यकालको समय थोरै छ, तर इच्छाशक्ति देखाउनुभयो भने पाँच वर्षमा हुन नसकेका काम पाँच महिनामा गर्न सकिन्छ’, थापाले ज्ञवालीलाई भनेका छन् ।

ज्ञवालीले अबको पाँच महिनापछि सेवा हदका कारण अनिवार्य अवकाश पाउने छन् ।

यो पनि पढ्नुस् 

‘प्रहरीमा गैरव्यवसायिक आचरण निर्ममतापूर्वक निर्मूल गर्नेछु’

झिम्रुकको पानी खाएका आईजीपी : ‘लो प्रोफाइल’का भाग्यमानी !

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?