Comments Add Comment

एनएलपी तालिम : यसरी पहिल्याउनुहोस् जीवनको लक्ष्य

लक्ष्यको राजमार्गमा बनेका बनेका पर्खालहरुलाई कसरी भत्काउने ?

जीवन भोगाईको मोडमा मोडिने क्रममा आत्मविश्वासको अभावमा हामीहरु यति कमजोर बन्न पुग्छौं कि आफूभन्दा कमजोर मानिएका व्यक्तिको उत्कृष्ट क्षमता प्रदर्शन भइरहँदा पनि हाम्रो प्रगतिभने अधोगति तिर लागिरहेको हुन्छ । हामी डिग्रीको पछि लाग्छौं । तर, हाम्रो क्षमताले ओरालो यात्राको सुरुवात गरिरहेको हुन्छ ।

यो अवस्थाको निदानको लागि कुनैपनि चिकित्सकले दिने औषधि फिक्का बन्न पुग्छ । त्यतिबेला चाहिन्छ एउटा कुशल उत्प्रेरणामूलक तालिमकर्ताहरु । त्यही उत्प्रेरणमूलक तालिम दिने एउटा विश्वव्यापी सञ्जाल भएको संस्था हो एनएलपी ।

व्यक्तिको सफलताको लागि सबैभन्दा ठूलो कुरा उसको आत्मविश्वास हो । आत्मविश्वासको लागि उत्प्रेरणाको खाँचो छ र उत्प्रेरणाको लागि एउटा कुशल प्रशिक्षक । त्यही कुशल प्रशिक्षकहरुको उत्पादन गरी क्षमता भएर पनि कमजोर बन्न पुगेकाहरुलाई आफू को हो ? भन्ने ज्ञान दिलाउनको लागि क्यालिफोर्निया विश्वविद्यालयका प्राध्यापकहरुले सुरु गरेको एउटा कार्यक्रम हो (न्यूरो लिंगुइस्टिक प्रोग्रामिङ) एनएलपी ।

समय सन् १९७० को दशक तिरको हो । क्यालिफोर्निया विश्वविद्यालयका प्राध्यापकहरु जोन ग्रिन्डर र रिचर्ड ब्याण्डलरले सबैभन्दा पहिले मानिसहरु क्षमता भएर पनि आफ्नो क्षमताको बारेमा किन बेखबर हुन्छ ? भन्ने विषयमा खोजी सुरु गरे । यसको लागि उनीहरुले तीन जना अनुसन्धानकर्ताहरुसँग सहयोग लिएका थिए । उनीहरु आफैं पनि एक जना गणित विषयका विशेषज्ञ थिए भने अर्का मनोविज्ञान र भाषाविज्ञानका जानकार थिए । यही दुई प्राध्यापकहरुको ५ दशकसम्मको खोज र परिश्रमबाट यो अहिलेसम्म विश्वका विभिन्न मुलुकहरुमा प्रसारित भइसकेको छ ।

एनएलपी प्रवेशपछि के हुन्छ ?

एनएलपी एउटा कार्यक्रम हो । जहाँ आफूभित्र रहेको कुनैपनि क्षमतालाई बाहिर देखाएर ‘म को हुँ ?’ भन्नेबारे जानकारी पाउन सक्ने बनाइन्छ । यो एक किसिमको तालिम हो जहाँ कुशल प्रशिक्षकहरुबाट तालिम लिने गरिन्छ ।

गोविन्द ज्ञवाली

अरुसँगको तुलना गर्ने बानीले हामीहरुभित्र रहेको ज्ञानलाई आफ्नै नजरमा कमजोर बनाइदिन्छ । हामी आफूसँग जे छ त्यो देख्दैनौं, आफूसँग जे छैन त्यसलाई खोजेर सधैं चिन्तित हुने गर्छाैं । तर, एनएलपीले अरुसँग के छ त्यो होइन । आफूसँग के छ त्यसको खोजी गर्न सिकाउने अमेरिकन बोर्ड अफ एनएलपीका आधिकारिक प्रशिक्षक गोविन्द ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार एनएलपी न्यूरो भाषिक माध्यमबाट मानिसको मानवीय क्षमताको बृद्धि गर्ने एउटा कार्यक्रम हो । एनएलपी एक किसिमको व्यवहार हो । जुन व्यापारी, उद्योगी, राजनीति गर्ने राजनीतिज्ञहरु, सांसद, प्रहरी अधिकारीहरु, सैनिक अधिकारीहरु गुप्तचर निकायका कर्मचारीहरुदेखि विद्यार्थीसम्मको लागि उपयुक्त रहेको ज्ञवाली बताउँछन् ।

मानिसको लक्ष्यका ५ बाधक विषयहरु

जो कोहीले पनि आफ्नो जीवनमा एउटा लक्ष्य लिएको हुन्छ । तर, केही बाधक कुराहरु हुन्छन् जसले आफ्नो लक्ष्यको राजमार्गमा अवरोधका पर्खालहरु सिर्जना गरिदिएको हुन्छ । एनएलपीका अनुसन्धानकर्ताहरुले पत्ता लगाएको ५ बाधक तत्वलाई ब्याख्या गर्दै ज्ञवाली भन्छन् ‘धेरैको लक्ष्यमा आफ्नै आत्मविश्वास बाधक बनिरहेको हुन्छ । त्यो आत्मविश्वास कमजोर गराउने मुख्यगरी ५ तत्वहरु हुन्छन् ।

अधिकारीका अनुसार कसैको लक्ष्यको पूर्तिमा सबैभन्दा पहिलो बाधक विषय हो उसमा पैदा हुने नकारात्मक भावना । यस्तो भावना आफ्नै कारणले उत्पन्न हुने स्वभाविक प्रक्रिया हो । आत्माग्लानी, ईश्र्या, कसैबाट पाएको धोका, ग्लानी भाव, परिवारका सदस्यहरु गुमाउँदाको पीडा आदि नकारात्मक भावनाका परिसूचकहरु हुन् । यसलाई सम्यक रुपले व्यवस्थापन गर्न सकिएन भने यसले मानिसको मानसिकतालाई नै कमजोर बनाउँदै लैजान्छ ।

त्यस्तै, दोस्रो बाधक तत्व हो नकारात्मक सोचाई । नकारात्मक सोचाई अन्तर्गत् सोचाई नै उल्टो राख्ने, केही काम गर्नुपर्दा सानो समस्यामा पनि पछि हट्ने, अरुप्रति नकारात्मक बिचार राख्ने समस्याहरु पनि आउँछन् । यस बाहेक आफ्नो विश्वासलाई सीमित गराउनु, आन्तरिक द्वन्द्वलाई नियन्त्रण नगर्नु र खराब आचरणलाई मनमा पालेर राख्नु नै मानिसको लक्ष्य पूरा नहुने प्रमुख कारणहरु हुन् ।

आफ्नो विश्वासलाई सीमित गराउनुको अर्थ आफ्नो लक्ष्यप्रति बाधा सिर्जना गराउनु हो । आफैंले आफैंलाई कमजोर सम्झने, कुनै कुरालाई म किन सक्दिन भन्ने भन्दा पनि म कसरी गर्न सक्छु र ? भन्ने सोचाई राख्नु नै धेरै मानिसको कमजोरी हो । आन्तरिक द्वन्द्वले आफ्नो एउटा भविष्यको रुपरेखालाई नै कमजोर बनाइदिन्छ । यो पेशा रोजौं कि अर्काे पेशा रोजौं ? यही ठाउँमा बसौं कि अर्कै ठाउँमा जाउँ ? यो भन्दा अर्काे काम राम्रो हुन्थ्यो कि ? भन्ने सोचाई राख्नु पनि आन्तरिक द्वन्द्वको नमुना हो ।

ज्ञवालीका अनुसार आफ्नो मानिसले लिने लक्ष्य सूर्यको तेज किरण हो । त्यसैलाई ५ वटा बादलले घेरेर राखेको हुन्छ । यही बादलबाट मुक्त गराउने तालिम नै एनएलपी हो । जीवनलाई कसरी तार्किक स्तरमा ढाल्ने ? भन्ने प्रश्नको उत्तर नै एनएलपी रहेको ज्ञवाली बताउँछन् ।

के के विषयमा प्रशिक्षण गराइन्छ एनपीएलमा

एनपीएलमा विभिन्न किसिमका प्रशिक्षणहरु कायम रहेका हुन्छन् । यसमा पनि प्रशिक्षण कोर्स र मास्टर्स व्यवसायिक प्रशिक्षण कोर्स गरी दुई वटा स्तर हुन्छ । पहिलो स्तरको कोर्स भर्खरै अभ्यास गर्दै गरेकाहरुको लागि सिकाइने कोर्स हो भने अर्काे उन्नत स्तरको मानिने कोर्स मास्टर्स व्यवसायिक प्रशिक्षकहरुको लागि हो ।

मूलतः यो प्रशिक्षणको मुख्य उद्देश्यलाई यसरी व्याख्या गर्न सक्छौं

उत्तम वक्ता बनाउने प्रशिक्षण

यो प्रशिक्षणबाट हामी एउटा उत्तम वक्ता बन्न सक्छौं । यसले हाम्रो सञ्चार कला र अभिव्यक्तिको कलालाई सुधार गर्न मद्दत गर्छ । अरूलाई प्रभाव पार्ने र आफ्नो अभिव्यक्तिलाई उच्चस्तरीय रुपमा विकास गराउने काम यसले गर्छ ।

व्यवसायिक क्षेत्रमा स्तरोन्नती

एनएलपी कोचिंग कोर्स मार्फत् हामीले आˆनो बोली र हाउभाउ मार्फत् अरुलाई प्रभावित बनाउने, आफ्नो सामानको बिक्री बढाउने, नेतृत्व क्षमताको विकास र व्यवस्थापन क्षमता बढाउन मद्दत गर्छ । यो व्यवसायको लागि प्रशिक्षण प्रबन्धकहरू, बिक्री व्यक्तिहरू, विभिन्न क्षेत्रका पेशेवरहरू, मानव संसाधनहरू, भर्तीकर्ताहरू, र व्यवसायिक घरानाका प्रशिक्षकहरूको लागि यो उत्तम प्रशिक्षण हुनसक्ने आयोजकको दाबी छ ।

आत्मक्षमताको विकासका लागि

केही व्यक्तिले आत्म विकास र सशक्तिकरणको लागि एनएलपी प्रशिक्षण पाठ्यक्रमहरू लिने गर्छन् । अझै, केही व्यक्तिहरू त निकट भविष्यमा ठूलो समस्या आउने देखेर अहिलेदेखि नै त्यसको व्यवस्थापनको लागि यस्तो तालिम लिन आउने गरेको यससँग सम्बन्धित जानकारहरु बताउँछन् ।

एनएलपी कोचिंगले प्रेरणा, असुरक्षा, सार्वजनिक ठाउँमा बोल्ने डर, आघात, वजन घटाउने आदि कामको साथमा मद्दत गर्ने गर्छ । यो प्रशिक्षण धेरै व्यक्तिहरुले व्यक्तित्व विकासको लागि पनि गर्ने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment