Comments Add Comment

मुश्लिम धार्मिक सभामा सहभागी भारतीयको मृत्यु

४ फागुन, सप्तरी । सप्तरीको बोदे बर्साइन नगरपालिकामा जारी मुश्लिम धार्मिक सभामा सहभागी एक व्यक्तिको मृत्यु भएको छ । एक्कासी बिरामी परेका भारतीय नागरिक भारतको बिहार राज्य अन्तर्गत मोतिहारी जिल्ला निवासी हारुन रसिदको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । रसिद ७४ बर्षका थिए ।

धार्मिक सभा शुरु भएको पहिलो दिन शनिबार साँझ एक्कासी बिरामी परेका उनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा ल्याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको सप्तरीका प्रहरी प्रमुख एसपी कृष्ण प्रसाइँले जानकारी दिए ।

धार्मिकसभा स्थलमा अन्य एक व्यक्तिको मृत्यु भएको खबर बाहिरिएपनि प्रहरी र आयोजकले त्यो कुरालाई पुष्टि गरेको छैन् । जिल्ला प्रहरी प्रमुख एसपी प्रसाइँले एक जनाको मात्रै मृत्यु भएको खबर प्राप्त भएको जानकारी दिए ।

धार्मिक सभामा हजारौं मुश्लिम धर्माम्बलीको सहभागिता रहेको छ । शनिबार दिउँसोदेखि एक्कासी मौसममा परिवर्तन भएपछि धेरै सहभागीलाई जाडोले सताएको छ ।

सहभागीलाई सुत्नका लागि सभास्थलमै टेन्ट निर्माण गरिएको छ । अधिकांश सहभागी आफैं ओछ्याउने र ओढ्ने बोकेर आएका छन् ।

अत्यधिक भीडका कारण मान्छे बिरामी पर्न सक्ने भन्दै धार्मिकस्थलमै स्वास्थ्य शिविरको समेत आयोजना गरिएको छ ।

बोदे बर्साइन नगरपालिकाको जाँजर टोलस्थित खड्ग नदीको किनारमा सभाको आयोजना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment